ड्राइभिङ लाइसेन्सको म्याद सकिन १ वर्ष भन्दा कम समय भएका सेवाग्राहीलाई सम्पर्क गर्न विभागको अनुरोध
काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र अर्थात...
काठमाडौंः अफरोड यात्रा र दैनिक प्रयोग दुवैलाई ध्यानमा राखेर विकास गरिएको बीएआईसी बीजे३०ई अब लक्ष्मी ग्रुपमार्फत नेपाली बजारमा प्रवेश गर्ने तयारीमा छ ।
‘वर्न रग्ड’ अवधारणामा आधारित यो प्लग–इन हाइब्रिड एसयूभी आकर्षक डिजाइन, आधुनिक प्रविधि र अफरोड क्षमताको संयोजनका साथ सहरका सडकदेखि चुनौतीपूर्ण बाटोसम्म आत्मविश्वासका साथ यात्रा गर्न सक्षम रहेको कम्पनीले जनाएको छ ।
नेपालमा प्रविधियुक्त र दमदार एसयूभीप्रतिको बढ्दो आकर्षणबीच बीएआईसी बीजे३०ई को आगमनले उपभोक्तालाई नयाँ विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ ।
उत्कृष्ट अफरोड क्षमता, स्मार्ट फिचर र आधुनिक प्रविधिसहित यो एसयूभीले नेपालको विकसित हुँदै गएको एसयूभी बजारमा आफ्नो छुट्टै पहिचान बनाउने विश्वास गरिएको छ ।
आगामी नाइमा मोबिलिटी एक्सपोमार्फत औपचारिक लन्च हुने तयारीमा रहेको यो कार हाल नेपालका विभिन्न सडकमा परिक्षण भइरहेको छ । चीनको प्रख्यात अटो निर्माता बीएआईसीले उत्पादन गरेको बीजे३०ई ले नयाँ प्रबिधीयुक्त एसयूभी प्रयोग गर्न चाहने ग्राहकको अपेक्षा पुरा गर्ने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...