भाद्र १३ गते बागमती अटो जिमखाना प्रिक्स हुने

काठमाडौं - बागमती अटो जिमखाना प्रिक्सको दोश्रो संस्करण आउँदो अगस्ट २९ अर्थात भाद्र १३ गते आयोजना हुने भएको छ ।

गत वर्षबाट बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा शुरु गरिएको सो इभेन्ट नेपाली मोटरस्पोर्ट्सको एउटा ऐतिहासिक इभेन्टका रुपमा परिचित छ । जसको पहिलो संस्करणका विजयी आशीष भारती अन्तर्राष्ट्रिय रुपमा समेत नेपाली मोटरस्पोर्टस्को सर्वाधिक सफल खेलाडी बन्न सफल भएका छन् । एक्सट्रिम इनर्जीको मुख्य प्रायोजन तथा लिक्वी मोली लुब्रिकेन्ट्सको प्रायोजन रहने यस संस्करण अक्सफोर्ड ड्राइभिङ टे«निङ सेन्टर, लोलाङ, तारकेश्वरमा हुनेछ ।

यस पटकको संकरणका विजयीले हङकङ वा भारतमा हुने एसिया अटो–जिमखाना च्याम्पियनसिप (एएजीसी) मा सहभागिताको अवसर पाउनेछन् । उत्कृष्ट दुई ड्राइभरलाई एएजीसीमा सहभागी हुन अवार्ड स्वरूप कुल ७५ हजार नगद एएजीसीका आयोजकद्घारा तथा खेल सामग्री र अन्य सहयोग एफआईए र बाग्मती प्रदेश खेलकुद परिषद्को सहयोगमा प्रदान गरिने आयोजकको भनाइ छ ।

कुल दुई लाख प्राइज पुल रहेको प्रिक्सका विजेतालाई ट्रफी, सर्टिफिकेट तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । प्रिक्सका सबै खेलाडीको खेल विमाको व्यवस्था, रेसिङ सुट र टेक्निकल ट्रेनिङ नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) बाट उपलब्ध गराइनेछ । रु ९,९९९ दर्ता शुल्क रहेको यस प्रिक्समा जुनसुकै सिसिका कारमार्पmत भाग लिन सकिनेछ भने न्यूनतम १० जनाको रजिष्ट्रेशन भए महिलाको छुट्टै इभेन्ट हुनेछ ।

नासा नेपालको रेसिङ लाइसेन्स लिएका खेलाडीले फर्म भर्न सक्नेछन् भने रेसिङ लाइसेन्स नभएका तर अन्य आवश्यक प्रकिया पूरा गरेकालाई भने एक दिने लाइसेन्सिङ कोर्स निःशुल्क उपलब्ध हुनेछ । लाइसेन्स नभएका तथा लाइसेन्स सस्पेन्ड भएकाले भने प्रिक्समा भाग लिन पाउने छैनन् । सहभागीहरू कुनै पनि संघ–सस्था या कर्पोरेट क्षेत्रबाट सहभागी हुनु पर्नेछ ।

कलात्मक रुपमा डिजाइन गरिएको शर्ट सर्किटमा हुने जिमखाना स्पिड, टेक्निक र आर्टकोे संयोजन हुने खेल हो । जहाँ नासा नेपालले दक्ष मार्शल, टाइमिङ सिस्टम र सुरक्षाको व्यवस्थापन गर्नेछ । ड्राइभरको दक्षता र गाडीको कन्डिसन, चालकको पकड र खेलाडीको अनुशासन तथा ट्रयाक नेभिगेसन विजयको मुख्य आधार हुन् ।

कार्यक्रम व्यवस्थित रुपमा सञ्चालन गर्न यदुराज लामिछाने, आशिष रौनियार र अंकित भन्डारी रहेको कार्यदल गठन गरिएको नासा नेपालले जनाएको छ । यो कार्यदलले यस बर्षको मोटरस्पोर्ट्सको इभेन्ट र अन्तर्राष्ट्रिय सहभागिताको समेत व्यवस्थापन गर्नेछ ।

आगामी शुक्रबारसम्म दर्ता खुल्ला रहेको जानकारी आयोजक समूहले जनाएको छ।

Registration Link https://forms.gle/weSkJe6q6imxwZxC9

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...