बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् ।
हिजो भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्दी किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नेछन् ।
महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भएका छन् ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था गरेकोले उपाध्यक्ष र सोभन्दा मुनिका विभिन्न पदमा हिजो मतदान भएको थियो ।
१९ औं नेतृत्वको रुपमा अबको एक कार्यकाल शेखर गोल्छाले गर्नेछन् भने अहिले वरिष्ठ उपाध्यक्ष जितेका ढकालले महासंघको २० औं अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल एक सफल अटोमोबाइल व्यवसायी समेत हुन् । उनको आइएमई ग्रुप अन्तर्गतको अटोमोटिभ डिभिजनमा अशोक लेल्यान्ड, हार्ले डेभिड्सन र एस्कर्ट ब्रान्डका हेभी इक्विपमेन्ट सामेल छन् ।
अञ्जन श्रेष्ठको लक्ष्मी समूहले हुन्डाई ब्रान्डका कार तथा एसएमएल इसुजु ब्रान्डका कमर्सियल भेइकल, टोटल र एस आयल लुब्रिकेन्ट्स, नेक्सन र योकोहामा टायर तथा ब्याट्री समेत आयात गरी कारोबार गर्छ ।
दिनेश श्रेष्ठको श्रेष्ठ ट्रेडिङ कन्सर्नले केहि समय पहिलेसम्म ताइवानी कम्पनीको एसवाईएम ब्रान्डको मोटरसाइकल तथा स्कुटर आयात गरी कारोबार गर्दै आइरहेको थियो । हाल उनको यो कम्पनीले स्न्याप अन र मेटाफाइभ ब्रान्डका वर्कशप इक्विपमेन्टस् आयात गरी कारोबार गर्दै आइरहेको छ ।
अबको अध्यक्ष शेखर गोल्छा अटोमोबाइल क्षेत्रमा लोकप्रिय नाम हो । उनी गोल्छा अर्गनाइजेसनका प्रबन्ध निर्देशक हुन् । गोल्छा अर्गनाइजेसनले नेपाली बजारमा बजाज र केटीएम मोटरसाइकल तथा सर्भो लुब्रिकेन्ट र युरोग्रिप टायर आयात गरी कारोबार गर्दै आइरहेको छ ।
यसरी महासंघ पदाधिकारीमा अटोमोबाइल व्यवसायीको बर्चस्व भएको छ । शेखर गोल्छा र अञ्जन श्रेष्ठ त झन् अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष भइसकेका ब्यक्ति हुन् ।
यसबाट अन्य कुराका अतिरिक्त उनीहरुको माध्यमबाट अटोमोबाइल क्षेत्रको आवाज समेत विभिन्न मञ्चहरुमा पुग्न सहज हुने अपेक्षा गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...