बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
स्पेयर पार्टस् व्यवसायमा स्थापित हुँदै गरेको नाम हो श्रीदुश इन्टरनेसनल । ३ बर्षअघि तीन जना व्यवसायी भुबन प्रसाद काफ्ले, रुपक नेपाल र रिद्धि कार्की मिलेर स्थापना गरेको यो कम्पनीले हाल १ दर्जन हाराहारी ब्रान्डका स्पेयर पार्टसको नेपालस्थित आधिकारिक बिक्रेताका रुपमा कार्य गर्दै आइरहेको छ । नेपालको स्पेयर पार्टस ब्यावसायमा उदयीमान छबी बनाउँदै आएका यी तीन ब्यावसायी एक हुनुअघि आ–आफ्नै ब्यावसायमा संलग्न थिए । फुटेर हैन जुटेर अघि बढ्नुपर्छ भन्ने मर्मसहित एक भएका उनीहरु अहिले नयाँ नयाँ ब्रान्डका स्पेयर पार्टस थप गर्दै जाने दौरानमा छन् । उक्त दौरानको कमान हाँक्ने ब्याक्ति हुन रिद्धि कार्की । ३ ब्यावसायी एक ठाउँमा एकाकार भई काम गर्ने माहोलको सुत्रपात समेत कार्कीले नै गरेका थिए ।
कम्पनीमा हाल रुपक नेपाल चेयरम्यान, भुबन प्रसाद काफ्ले निर्देशक र कार्की प्रबन्ध निर्देशक छन् । उनीहरुको यो टिम अहिले नेपालको स्पेयर पार्टस ब्यावसायमा रोल मोडल बनेर उदाएकोे छ । एक्लाएक्लै ब्यावसाय गर्दा स्रोत र साधनको समेत सिमितता हुने र प्रतिस्पर्धात्मक बजारमा कारोबार बढाउन समेत गाह्रो हुने निश्कर्षसहित एउटै टिममा आबद्ध भई कारोबार अघि बढाएको कार्की बताउँछन् । टिममा काम गर्न थालेपछि ब्यावसायको बृद्धिले समेत गती लिन थालेको उनको ठम्याई छ ।
भद्र, शालिन र अध्यायनशिल ब्याक्तित्वका रुपमा आफ्नो परिचय कायम गर्न सफल उनले स्पेयर पार्टस् ब्याबसायमा लामो अनुभब हाँसिल गरेका छन् । कार्की सकरात्मक सोँच र स्पष्ट भिजन भएका एक कर्मशिल र उदयीमान युवा ब्यावसायी समेत हुन् ।
जागिरे हुँदै ब्यावसायीसम्मको यात्रा
जन्मथलो बिराटनगरबाट आइकमसम्मको अध्यायन पुरा गरेपछि नेपालभरको सेल्स र मार्केटिङ हेर्नेगरी भारतको कल्यानी ब्रेक्स लिमिटेडमा आबद्ध भए उनी । पछि उक्त कम्पनीलाई बस्कले टेकओभर गरेको थियो । उक्त कम्पनीमा उनले अस्थाई कर्मचारीका रुपमा ८ बर्षसम्म काम गरे । उक्त कम्पनीको जिम्मेवारीमा रहेर काम गर्ने अबसर नै हालको ब्यावसायको टर्निङ प्वाइन्ट बनेको उनी बताउँछन् । उनी भन्छन, ‘उक्त कम्पनीमा काम गर्दैगर्दा नेपालभरको बजारका बारेमा बुझ्ने अबसर प्राप्त भयो ।’ जागिर गर्दापनि आफूले केबल जागिरे मानसिकता बोकेर काम नगरेको उनको भनाई छ । ‘जागीरमा रहँदा पनि मैले आफ्नै काम सम्झेर दिनरात नभनी अत्याधिक प्रेसर लिएर काम गरे । कहिलेकाँही त कामको लोडकै कारण जागिर छाड्ने मानसिकता पनि बनाए । तर पनि जागिर छाँडीन । मलाई त्यतिबेला काम गर्दागर्दै भोली यहि ब्यावसायमा स्थापित हुन्छु भन्ने लागेको थियो । त्यसैले पनि जागिरलाई आफ्नै काम ठानेर धेरै मेहनत गरे । त्यतिबेलाको समर्पण र मेहनतको जग नै अहिलेको ब्यावसायीक सफलताको प्रमुख कारण बनिरहेको छ’ उनले भने ।
काममा सन्तुष्ट भइरहेकै अबस्थामा पनि भबिष्यमा गएर के गर्ने उत्सुकताले उनलाई झक्झकाउँथ्यो । सोही क्रममा जागिर छाडेर ५ बर्षसम्म कुनैपनि कम्पनी दर्ता नगरी अनौपचारिक रुपमा आफ्नै काम गर्न थाले उनले । पछि २०६६ सालमा संगठित तबरबाट ब्यावसाय गर्ने सोचाई लिएर साथीको नाममा कम्पनी दर्ता गरेर ब्यावसायीक जीवनको सुरुवात गरेको उनी बताउँछन् । पछि उक्त कम्पनी असफल भयो । कम्पनी असफल भएपनि उनको त्याग र ब्यावसायमा लगाएको मेहनतका कारण बजारमा उनको पहिचान कायमै थियो । यसबिचमा उनले टिभिएस ग्रुप अन्तर्गतका बिभिन्न स्पेयर पार्टस्को कारोबारलाई निरन्तरता दिइरहेका थिए ।
पछि कार्कीसहित भुवन प्रसाद काफ्ले र रुपक नेपालसहितको टिममा ब्यावसायलाई अघि बढाउने निर्णय गर्दै ३ बर्षअघि यो कम्पनी स्थापना भएको हो । हाल श्रीदुश इन्टरनेश्नलले टिभिएस गिरलिङ, टिभिएस ग्रुप अन्तर्गतकै अटोलेक डिभिजन, वाटर पम्प, लुकास टिभिएस र रबर सहित अटोसेल कम्पनीको स्टेरिङ र सस्पेन्सन पार्टस्, ह्विल्स इन्डिया लिमिटेड, मोन्रो कम्पनीको शक एब्जर्बर्स, एसकेएफ ब्रान्डको बेरिङ र आयल सिल तथा हालसालै ब्राजिलबाट जेन ब्रान्डको स्टाट्रर ड्राइभ आयत गरी कारोबार गर्दै आइरहको छ । जसमध्ये टिभिएस ग्रुप अन्तर्गतका उत्पादनहरुको बजार हिस्सा सर्बाधिक ठूलो रहेको उनको भनाई छ । निकट भबिष्यमै अन्य ३ वटा ब्रान्ड थप गर्ने तयारीमा उनको टिम लागि परेको छ ।
आजभन्दा ४० बर्षअघि उद्योगपतीहरुको शहरका रुपमा परिचित बिराटनगरमा उनको जन्म एक निम्न बर्गिय परिवारमा भएको थियो । बिराटनगर आफैमा उद्योग र ब्यावसायको हव भएका कारण सानै उमेरदेखी उनमा पनि ब्यापार र ब्यावसायमा रुची बढ्दै गयो । सोही रुचीका कारण आफू सानै उमेरदेखी बिभिन्न ब्यापारमा संलग्न हँुदै आएको उनी बताउँछन् । उनी भन्छन्, ‘त्यतिबेला बिराटनगरको माहोल नै ब्यापार र ब्यावसायको थियो । पूँजी धेरै भएकाहरुले ठूलो ब्यावसाय गर्थे भने सानो पूँजी भएकाहरुले सानै भएपनि आफ्नै ब्यापार गर्नुपर्छ भन्ने एक प्रकारको माहोल नै थियो । सोही माहोलका कारण म पनि नजानिँदो पाराले ब्यावसायमा लागेको हुँ ।’
प्रेरणादायी क्षण
जागिरे हुँदै र ब्यावसायीक जीवनमा प्रबेश गरेका कार्कीसंग त्यस्ता थुप्रै प्रेरणादायी क्षण छन जसले हालको ब्यावसायलाई गति दिन उर्जा थप गरिरहको छ । जसमध्यको एक हो उनी कार्यरत कम्पनीको बोसले गरेको सौहार्दपूर्ण ब्यवाहर । उक्त क्षण सम्झदै उनी भन्छन्, ‘कल्यानी ब्रेक्सको आमन्त्रणमा दिल्ली गएको थिए । नेपालको बजार हेर्ने बोसले भारतीय बजारमा उक्त उत्पादनको बजारका बारेमा जानकारी दिन दिल्ली भ्रमणका लागि बोलाएका थिए । दिल्ली पुगेपछि आफ्नो बोसको पनि बोसले आफूले बोकिरहेको ब्याग बोकेर होटलसम्म पु¥याएको क्षण सबैभन्दा प्रेरणादायी लाग्छ ।’
उक्त घटनालाई आफूले पछिसम्म पनि सम्झिने गरेको उनी बताउँछन् । यो घटनापश्चात आफूभन्दा तल्लो तह अर्थात सानो ओहोदामा बसेका ब्याक्तीबाट सम्मान पाउनु छ भने उसलाई आफूले ठूलो इज्जत दिनुपर्ने पाठ सिकको उनी सगर्ब बताउँछन् । सोही घटनाबाट प्रेरित बनेकै कारण आफूले बजारमा मेकानिक्सदेखी रिटेलर लगायत सम्पूर्ण ब्याक्तिलाई सम्मानजनक ब्यवाहरबाट हेर्दै आइरहेको उनको भनाई छ ।
‘केही दिन दिल्ली बसेपछि कम्पनीले पन्जाव भ्रमणमा लग्यो । पन्जाबमा उक्त ब्रेक्सको बजार धेरै राम्रो भएका कारण सोको बारेमा अध्यायन गर्न पठाइएको थियो । सो भ्रमणपछि नेपाल फर्किएर नयाँ तरिकाले काम गर्दा बजारमा झनै राम्रो पर्फमेन्स दिन सकेको कार्कीले बताए ।
बदलिंदो ट्रेन्ड
अटोमोबाइल ब्यावसायमा नयाँ पुस्ताको प्रबेशसंगै यो क्षेत्रमा नयाँ आयम थप भएको उनी बताउँछन । उनी भन्छन, ‘नयाँ र युवा पुस्ताको प्रबेशसंगै ब्यावसायमा नयाँ ट्रेन्ड सेट भएको छ । पहिले सिमित ब्यावसायकि घरनाको मात्र पकड हुने हुँदा ग्राहक नमस्कार गर्दै सामन खरिद गर्न जाने चलन थियो । तर अहिले बजार प्रतिस्पर्धात्मक बनेका कारण ब्यावसायीले ग्राहकलाई सम्मान दिँदै सामान बिक्री गर्न जानुपर्ने अबस्था आएको छ । पहिले ब्यापारीको महत्व उच्च थियो भने अहिले ग्राहकको महत्व बढेको छ । अहिले ग्राहकलाई तिरस्कार गरेर कोही पनि ब्यावसायी अघि बढ्न नसक्ने अबस्था बनेको छ ।’ पहिलेको तुलनामा अहिले ब्यावसायको मोडल नै परिबर्तन भएको उनी बताउँछन् ।
‘ब्यावसायको मोडलमा परिबर्तन त आएको छ नै अहिले हरेक कदममा सिस्टमलाई समेत फ्लो नगरी अघि बढ्न सकिदैन’ उनले भने । पहिले प्रोडक्ट ल्याए आफै बिक्री हुन्थ्यो भने अहिले प्रोडक्ट मात्र ल्याएर हुँदैन त्यसमा पनि सस्तो, राम्रो र सर्भिस सहित ग्राहकलाई सम्मान समेत थप भएको छ । धेरै आयमहरु थपिएको हुँदा जो बढी सिर्जनशिल बन्न सक्छ उसैले प्रगति गर्न सक्छ । युरोप र अमेरिकामा यस्तो अभ्यास धेरै पहिलेदेखी चल्दै अएपनि नेपालमा यस्तो संस्कार हालै आएर बिकास भएको उनको ठम्याई छ ।
युवा पुस्तालाई सुझाब
यो ब्यावसामा अगाडी बढ्न चाहने युवा पुस्तालाई सुझाब दिँदै उनी भन्छन, ‘यो क्षेत्रमा सफल बन्नका लागि कडा श्रम र निरन्तरको समर्पण आबश्यक छ । अहिलेको पुस्ता लगानीलाई प्रमुख बाधक मानिरहेका छन् । तर लगानीको साथसाथै आफूसंग भएको अनुभब र बिगतको रेकर्डले समेत भुमिका खेल्छ । यस हिसाबले यो क्षेत्रमा आउन चाहने नयाँ र युवा पुस्ताले आफूले गर्न लागेको ब्यावसायका बारेमा अनुभव हाँसिल गर्नु जरुरी हुन्छ । अहिले बैंक तथा बित्तिय संस्थाहरुले समेत नयाँ लगानीकर्ताको आर्थिक ब्याक ग्राउन्डसंगै उसको चरित्र र उ कत्तिको सिर्जनशिल छ भनेर समेत हेर्ने गरेको छ ।’
नयाँ ब्रान्ड ल्याउँदा राम्रोसंग गृहकार्य गर्नुपर्ने उनको सुझाब छ ।
‘बजारलाई नजिकबाट बुझ्नुपर्छ । आफूसंग भएको ब्रान्डको गुणस्तर राम्रो भएरमात्र पुग्दैन । निरन्तरको प्रायस र अथक मेहनत जरुरत हुन्छ । अहिले सस्तो सामानको माग बढेको भन्दै यसमामात्र फोकस भएर ब्यावसाय गर्दा जोखिम बहन गर्नसक्ने कि नसक्ने बारेमा राम्रो तयारी आबश्यक पर्छ । तर ब्यावसायमा सफल हुनका लागि सामानको गुणस्तर राम्रो हुनैपर्छ । सामान गुणस्तरिय भयो भने मात्र योजनाबद्ध रुपमा अघि बढ्ने आत्मबल बढाउँछ । सामान बिक्रीको साथै बिक्री पछिको सेवामा समेत उत्तिकै संबेदनशिल बन्नुपर्छ । यसो गरियो भने ब्यावसाय दिगो हुन्छ’ युवा पुस्तालाई उनको सुझाब छ ।
१ सय करोड कारोबारको लक्ष्य
सुरुवाती समयमा कारोबार निकै कम भएपनि पछि आफूहरुको निरन्तर प्रयास र सुझबुझपूर्ण नेतृत्वका कारण कारोबार बढ्दै गएको उनले बताए । उनी भन्छन् ‘ब्यावसायको सुरुवातमा बार्षिक ८–१० लाखको कारोबार हुन्थ्यो । पछि मध्यम रेन्जको प्रोडक्ट भित्र्याउन थालेपछि कारोबार बढ्दै गएको हो । अहिले प्राय सबैजसो प्रोडक्ट उच्च गुणस्तरयुक्त भएका कारण कारोबार समेत बढ्दै गएको छ । अहिले १९ जनाले रोजगारी पाएका छन् भने देशभर ५ सय भन्दा बढी नेटवर्क स्थापना भएको छ ।
यो बर्ष ३० करोडमाथी कारोबार गर्छौ । अर्को बर्ष ५० करोडमाथी कारोबार गर्ने लक्ष्य लिएका छौ । त्यसपछिको ३ बर्षभित्र १ सय करोड बढी कारोबार गर्ने लक्ष्य राखेका छौ । बजार स्थानको कुरा गर्दा हामी अहिले सम्मानजनक स्थामा छौ । अबको केही बर्षपछि नेतृत्वदायी स्थानमा आउँछौ ।’
आफूहरुसंग भएका सबै उत्पादनले राम्रो गर्दै गएपनि सबैभन्दा बढी कारोबार ३ वटा प्रोडक्टले गर्ने गरेको उनले बताए । उनका अनुसार हाल स्टार्टर मोटर, शक एब्जर्भर र वाटर पम्पमा पकड राम्रो छ । यी प्रोडक्टको नाम लिँदा हाम्रो नाम अग्रस्थानमा आउँछ । बेरिङमा समेत अग्रणी बन्दै छौ । अटो इलेक्ट्रिकलको माग उच्च रहने अनुमान गर्दै यसमा समेत तयारी गरिरहेका छौ । यसमा समेत छिट्टै सिफ्ट हुने तयारी थालिएको उनी बताउँछन ।
राज्यको निती र नियम
नेपालमा ब्यावसाय गर्न चाहने युवा पुस्ताहरु बढीरहेपनि राज्यको निती तथा नियमक निकायहरु ब्यवाहरिक नहुँदा धेरैले हरेश खानुपरेको उनको भनाई छ । राज्यको निती र नियमका बिषयमा उनी भन्छन, ‘पहिलेको तुलनामा धेरै नै सुधार भएपनि प¥याप्त छैन । ब्यावसायीलाई शंकाको नजरले हेर्ने चलन यथावतै छ । राज्यसंग आर्थिक निती स्पस्ट नहुँदा अन्योलको अबस्था छ । केही नितीहरु पुरानै मापदण्डमा आधारित छन् । अहिले ब्यावसायी र उपभोक्ता दुबै पक्षलाई पूर्णत आर्थिक स्वतन्त्रता चाहिएको छ तर राज्य सकेसम्म अंकुश लगाउन उद्धत देखिन्छ । अहिलेपनि ब्यावधानहरु प्रसस्तै छन् । जसका कारण खुलेर ब्यावसाय गर्न कठिन छ ।’
स्पेयर पार्टस आयतमा ब्यावसायीले बारम्बार झेल्दै आउनुपर्ने समस्याका रुपमा उनी हाल बिद्यामान सन्दर्भ मुल्य सुचीलाई लिन्छन । यो अबैज्ञानिक भएका कारण यसलाई खारेज नै गर्नुपर्छ भन्ने उनी लगायत अन्य ब्यावसायीको समेत माग रहँदै आएको छ । उनी भन्छन् ‘यस बिषयमा राज्य नै स्पष्ट छैन । यदि स्पष्ट हुँदो हो त यस्ता सुचीलाई पनि अनलाइनमा राखिदिए भैहाल्छ नि । राज्य आफै प्रष्ट नहुने अनि शंकाको आधारमा ब्यावसायीलाई दुख दिन सन्दर्भ मुल्य सुचिको बाहनामा दुख दिने काम गर्नु बिडम्वना हो । साधन, स्रोत र अनुगमन बढाएर गलत नियत भएकाहरुलाई कारबाही गर्नुपर्छ तर एकजना ब्यावसायीले गल्ति ग¥यो भनेर सबैलाई एउटै निती अन्तर्गत हेरिनु हुँदैन । राज्यका निकायहरुले ब्यावसायीसंग निरन्तर छलफल गरी यस्ता समस्याहरु समाधान गर्न सक्छ । राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई दण्डको ब्यास्था गर्नु नै समस्या समाधनको उचित बिकल्प हो । सरकारले सबै ब्यापारीलाई फटाहाको नजरबाट हेर्नु भएन । त्यसैगरी ब्यापारीले पनि सबै कर्मचारीलाई घुस्याहाको नजरबाट हेर्नु हुँदैन ।’
प्रतिस्पर्धा हुनु राम्रो
बजारमा प्रतिस्पर्धा हुनु राम्रो कुरा भएको उनी बताउँछन । उनी भन्छन, ‘बजारमा अस्वस्थ प्रतिस्पर्धाका कुराहरु आउँने गर्छन । तर कस्तोलाई स्वस्थ र कस्तोलाई अस्वस्थ भन्ने बिषयको परिभाषा भने छैन । यदि यी दुबै शब्दावलीको स्पष्ट परिभाषा छैन भने यसको पछि लाग्नु जरुरी हुँदैन । बजारमा आफ्नो उपस्थित जनाउन यदि कुनै ब्यावसायीले कम मुल्यमा सामान बिक्री गर्छ भने त्यसलाई अस्वस्थ भन्नु जाहेज मानिदैन । हरेक ब्यावसायीको आ–आफ्नै रणनिती हुन्छन् । कसैको रणनिती अलि सिर्जनशिल हुने बित्तिकै पनि यहाँ अस्वस्थ प्रतिस्पर्धाका कुराहरु आउने गर्छन । यो एकदमै गलत हो । अहिले पहिलेको जस्तो सिमित ब्यावसायीको पकडमा कारोबार सिमित छैन । जोकोहीलाई पनि ब्यापार गर्ने स्वतन्त्रता छ । सोही स्वतन्त्रताको जगमा उभिएर यदि कसैले ब्यावसायीक गतिबिधी अघि बढाउँछ भने त्यसलाई सबैले सहज रुपमा लिनुपर्छ । प्रतिस्पर्धा धेरै भयो भने ग्राहकले फाइदा पाउने हुन् । यस्तो बाताबरणमा नयाँ र सिर्जनशिल बिचार भएका ब्यावसायीलाई कारोबार बिस्तार गर्न सहज हुन्छ ।’
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...