हुने–नहुने सबैथोक गर्छन्, आखिर के गर्छन् त मान्छे कारभित्र ?
अमेरिकाको उत्तर–पूर्व । न्यु ह्याम्सर राज्य । म काममा निस्कने बेला...
बुटवल – नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ केन्द्रीय कार्यालय काठमाडौं, मुकाम बुटवल भवन शिलान्यास कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।
आइतबार भवन शिलान्यास गर्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले मैनावगरमा अटो इन्जिनियरिङ कलेज स्थापना गर्नुपर्नेमा जोड दिदै अटो व्यवसायी सीप र शिक्षामा लाग्न आवश्यक रहेको चर्चा गरे । उनले अटो क्षेत्रमा समय अनुसार आधुनिक नयाँ प्रविधि भित्राउन नसके व्यवसायी सफल नहुने पनि वताए ।
मेयर पाण्डेले आफू लामो समयदेखि अटो क्षेत्रको वारेमा जानकारी राख्दै आएकोले यसक्षेत्रको विकासमा अटो व्यवसायीकै योजना अनुसार सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

महासंघका अध्यक्ष जनार्दन गैरेले बुटवल उपमहानगरपालिकाको सहयोगमा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको केन्द्रीय भवन बुटवलमा निर्माण सुरू हुन लागेको वताए । उनले हाल नगरपालिकाको २५ लाख र संस्थाको २५ लाख गरी ५० लाखको लागतमा निर्माण हुने भवनका लागि हाल बुटवल उपमहानगरपालिकाले ५ लाख रूपैया उपलब्ध गराएको जानकारी दिए ।
कार्यक्रममा बुटवल अटो इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष तुल्सिराम न्यौपाने, वडा नम्वर २ का वडा अध्यक्ष सुनिल शाक्य, महासचिव टिकादत्त अधिकारी लगायतले बोल्दै भवन निर्माण र अटो क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
अमेरिकाको उत्तर–पूर्व । न्यु ह्याम्सर राज्य । म काममा निस्कने बेला...
बाइक बढी मत्रामा प्रयोग हुने सवारी साधन हो । बाइकबाट कुनै पनि गन्तव्यमा...
कार रेडिएटर फ्लस कारको रेडिएटर सफा गर्न प्रयोग गरिने रसायनको मिश्रण हो ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...