आजदेखि रिङ रोडका टिकट काउण्टरको बोर्ड हटाइने
काठमाडाैँ – आज देखि काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका रिङ...
बुटवल – मुलुकको प्रमुख आर्थिक केन्द्रका रुपमा स्थापित बुटवलको तिनाउ नदीमा बन्ने आकर्षक सिग्नेचर पुलको आर्किटेक डिजाइन तयार भएको छ ।
विश्व बैंकको ऋण सहयोगमा चितवनको नारायणी नदी र बुटवलको तिनाउ नदीमा गरि जम्मा २ वटा पुल बनाउने तयारी छ । त्यस अनुसार तिनाउ नदीको लागि पुलको डिजाइन तयार भएको हो ।
चिनियाँ, भारतीय, स्विस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन करिव सम्पन्न भएको छ। पहिलो चरणमा सार्वजनिक गरिएको आर्किटेक डिजाइनलाई अन्तिम रुप दिन पुलविज्ञहरु र विश्व बैंकका प्रतिनिधिले केही महिना अघि बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि र सरोकारवालासँग समेत परामर्श गरेका थिए।
अहिले भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टीङले यो पुलको आर्किटेक डिजाइन तयार पारेको छ। पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरिरहेको छ।
यी दुवै कामको समन्वय नेपाल सरकार सडक विभागको पुल महाशाखाले गरिरहेको छ। उक्त महाशाखाका प्रमुख इन्जिनियर उमेशविन्दु श्रेष्ठले सिग्नेचर पुल बनाउन प्रस्ताव गरिएका मध्ये बुटवलबाटै पहिलो काम सुरु भएको र कन्सेप्ट डिजाइन पनि अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।
केपी ओली नेतृत्वको सरकारले २०७५ मा नयाँ किसिमका कलात्मक डिजाइनमा मनमोहक देखिने पुलहरु बनाउन विश्व बैंकलाई ऋण उपलब्ध गराउन प्रस्ताव गरेको थियो। विश्व बैंकले सिग्नेचर पुल निर्माणका लागि सहुलियत ब्याजदरको ऋण दिन सहमति जनाएको थियो। त्यसै अनुसार पुल बन्ने भएको हो ।
सिग्नेचर पुल सामान्य पुल जस्तै मोटरेबल नै भएपनि नयाँ प्रविधिबाट निर्माण हुने पुल महाशाखाले जनाएको छ । झट्ट देख्दा नेटवर्क आर्क व्रिज जस्तै देखिने भएपनि यो आर्क व्रिज भन्दा अझ आकर्षक हुन्छ। मानिसले सिग्नेचर गर्दा जसरी अक्षरहरुलाई घुमाएर बाङ्गोटिङ्गो बनाउंछन् सिग्नेचर व्रिजको डिजाइन पनि त्यही प्रकृतिले गरिन्छ।
पुल चार लेनको बनाउने योजना रहेको पुल महाशाखाले जनाएको छ प्रत्येक लेनको बीचमा डिभाइडर रहनेछ भने हिड्नका लागि फराकिलो फुटपाथ समेत रहने महाशाखाले जनाएको छ।
पुलहरुमा रातको समयमा लाइट जोड्ने योजना छ। जसले शहरी सौन्दर्यता बढाउनुका साथै पर्यटकहरुका लागि आकर्षणको केन्द्र हुनेछ। महाशाखाका अनुसार यस्ता पुलहरुले नेपाल आर्थिक समृद्धिमा अघि बढिरहेको भन्ने झल्को दिनेछ। युरोपका धेरै देशहरुमा यस्ता पुलहरु बनेको र त्यहाँ लोकप्रिय भएकाले नेपालमा पहिलोपटक निर्माण गर्न लागिएको हो।
काठमाडाैँ – आज देखि काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका रिङ...
काठमाडौं–यातायात व्यवस्थापनका साथै ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण...
काठमाडौं – काठमाडौंमा सञ्चालनमा रहेका ट्याक्सी चालकहरुको स्वास्थ्य...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...