एथरको नयाँ इलेक्ट्रिक स्कुटर, घुँडासम्म पानी हुँदा पनि सजिलै चलाउन सकिने

एथर इनर्जीले चाँडै नै इलेक्ट्रिक स्कुटर रिज्टा लन्च गर्ने भएको छ । कम्पनीले हाल सो स्कुटरको परीक्षण गरिरहेको छ । हालै कम्पनीले यो स्कुटरको वाटर वेडिङ टेस्ट पनि गरेको छ ।

कम्पनीले सो इलेक्ट्रिक स्कुटर पानीमा परीक्षण गरेको थियो । यसको परीक्षणको भिडियो सामाजिक सञ्जालमा पनि शेयर गरिएको छ । जसलाई धेरैले रुचाएका पनि छन् । भिडियोका अनुसार स्कुटरलाई ४०० एमएम पानीमा परिक्षण गरिएको थियो । जसमा स्कुटर झण्डै आधा डुबेको देखिन्छ । यो अवधिमा स्कुटरमा कुनै प्रकारको समस्या आएको छैन ।

रिज्टा इलेक्ट्रिक स्कुटरको वाटर वेडिङ परीक्षणअघि कम्पनीले यसको ब्याट्री पनि परीक्षण गरेको थियो । कम्पनीले यसको ब्याट्री ४० फिटको उचाइबाट खसालेर परीक्षण गरेको थियो । यो परीक्षणमा पनि कम्पनीले सफलता हासिल गरेको छ ।

कम्पनीले सो इलेक्ट्रिक स्कुटरको बारेमा खास जानकारी खुलाएको छैन । तर एथरले रिज्टामा सेग्मेन्टमा सबैभन्दा ठूलो सिट र अन्डर सिट स्टोरेज भएको दाबी गरेको छ ।

कम्पनीले हाल २.९ किलोवाट र ३.७ किलोवाट क्षमताको ब्याट्री प्याक उत्पादन गर्छ । पहिलोले १११ किलोमिटरको रेन्ज प्रदान गर्छ भने दोस्रोले सिंगल चार्जमा १५० किलोमिटरको रेन्ज प्रदान गर्छ । कम्पनीले नयाँ स्कुटरमा यी दुई मध्ये एउटा विकल्प दिने अपेक्षा गरिएको छ ।

रिज्टा इलेक्ट्रिक स्कुटर कम्पनीले अप्रिल ६ मा लन्च गर्ने भएको छ । वाटर टेस्टको भिडियोसँगै कम्पनीले एथर रिज्टा आईपी ६७ रेटिङको ब्याट्री प्याकसहित अप्रिल ६ मा आउन तयार रहेको जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

१३ वर्षीया बालिकालाई ४४ लाखको औडी कार उपहार, इन्स्टाग्राममा एक करोड फ्लोअर्स

१३ वर्षीया बालिकालाई ४४ लाखको औडी कार उपहार, इन्स्टाग्राममा एक करोड फ्लोअर्स

१३ वर्षीया रिभा अरोराले इन्स्टाग्राममा १ करोड फ्लोअर्स पूरा गरेको...

नयाँ डिजाइन र प्रविधिसहित टाटाको सिएरा एसयूभी पुनरागमनको तयारी

नयाँ डिजाइन र प्रविधिसहित टाटाको सिएरा एसयूभी पुनरागमनको तयारी

टाटा मोटर्सले आफ्नो प्रसिद्ध मोडल सिएरालाई पुनः प्रस्तुत गर्ने तयारी...

भल्वोको दोस्रो इलेक्ट्रिक कार सी४० रिचार्ज सार्वजनिक, ५३० किमी रेन्ज

भल्वोको दोस्रो इलेक्ट्रिक कार सी४० रिचार्ज सार्वजनिक, ५३० किमी रेन्ज

भल्वो सी४० रिचार्ज ईभी आधिकारिक रूपमा भारतमा सार्वजनिक गरिएको छ । जुलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...