४५० एक्समा नयाँ भेरिएन्ट थप्दै एथर, रेन्ज १५८ किलोमिटर

इलेक्ट्रिक टु–ह्विलर ब्रान्ड एथरले हाल बिक्री हुँदै आएको मोडल ४५० एक्समा अर्को नयाँ भेरिएन्ट थप गर्ने भएको छ । ४५० एक्स एचआर नामले आउने सो स्कुटरले सिंगल चार्जमा १५८ किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

४५० एक्स एचआरमा एथरले ३.६६ किलोवाट आवरको लिथियम ब्याट्री जडान गर्ने जनाएको छ । यसमा जडान हुने मोटरले ४५० एक्सको जत्ति नै पावर दिने बताइएको छ । यसमा ५ वटा राइड मोड उपलब्ध हुनेछ । सो नयाँ भेरिएन्ट हालको ४५० एक्सको तुलनमा ५४ एमएम छोटो हुनेछ ।

४५० एक्सलाई एथरले हाल २ वटा भेरिएन्टमा बिक्री गर्दै आएको छ । जसमध्ये स्ट्यान्डर्ड भेरिएन्टमा २.९ किलोवाट आवर र लङ रेन्जमा ३.७ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । यी स्कुटरले १११ र १५० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

एथरलाई नेपाली बजारमा बैद्य इनर्जीले बिक्री गर्दै आएको छ । नेपाली बजारमा यसको ४५० एक्स मोडल दुईवटै भरिएन्टमा उपलब्ध छ । जसको मूल्य ३ लाख ८५ हजार र ४ लाख २० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...