नेपाली मोटर स्पोर्ट्समा अब ई–रेसिङको प्रवेश, नेपाल सिम रेसिङ सिरिज हुँदै
काठमाडौं– नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ई–स्पोर्ट्स कमिसनले...
काठमाडौं - एसियन अटो जिमखाना च्याम्पियनसिप २०२५ को तेस्रो राउन्ड भारतको गुडगाउँमा हिजोदेखि सुरू भएको छ ।
एसिया क्षेत्रकै प्रतिष्ठित मोटरस्पोट्र्स प्रतियोगितामा ८ देशका १२ टिम प्रतिस्पर्धामा छन्, जसमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)को टोली पनि सामेल छ ।
नेपालका तर्फबाट जय प्रताप मास्के, रविन सुनुवार र विपासना तामाङ प्रतिस्पर्धा गर्दै छन् । उनीहरूले मेल सोलो, मेल डबल, फिमेल सोलो र मिक्स डबलजस्ता विभिन्न वर्गमा सहभागिता जनाइरहेका छन्। टोलीका म्यानेजर नासा नेपालका सचिव आशिष रौनियार हुन् ।
प्रतियोगिताको फाइनल खेल आज गुडगाउँस्थित ट्रयाकमा हुनेछ। यसअघि यो सिरिज काजाकिस्तान र श्रीलंकामा सम्पन्न भइसकेको छ भने बाँकी राउण्डहरू ताइवान र उज्बेकिस्तानमा हुनेछ ।
नेपाली ड्राइभरहरूले पछिल्ला वर्षहरूमा एसिया प्यासिफिकका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। गत महिना मात्र आशिष भारतीले एसिया प्यासिफिक मोटरस्पोट्र्स च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदक जितेका थिए ।

एफआईएद्वारा मान्यता प्राप्त यो खेल हाल विश्वभर लोकप्रिय बन्दै गएको छ। नासा नेपालले मोटरस्पोट्र्स, मोटरसाइकलिङ, सिम रेसिङ, पावर बोटिङ, कार्टिङ र ड्रोन प्रतियोगिताहरू मार्फत नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउने प्रयास गरिरहेको छ ।
काठमाडौं– नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ई–स्पोर्ट्स कमिसनले...
काठमाडौं – आगामी आइतबार कात्तिक ३० अर्थात नोभेम्बर महिनाको तेस्रो आइतबार...
काठमाडौं – आज जुन ५ अर्थात विश्व वातावरण दिवस हो । यस वर्षको विश्व वातावरण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...