नेपाली बजारमा आउँदैछ अप्रिलिया एसएक्सआर १६० म्याक्सी स्कुटर

काठमाडौं – नेपाली बजारमा आगामी जनवरी वा फेब्रुअरी महिनामा अप्रिलियाको म्याक्सी स्कुटर एसएक्सआर १६० उपलब्ध हुने भएको छ । भारतमा सो स्कुटर लन्च हुने योजनामा रहेको छ । त्यस पश्चात नेपाली बजारमा पनि उपलब्ध हुने नेपालमा अप्रिलियाको आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले बताएको छ ।

भारतीय बजारका लागि सो नयाँ म्याक्सी स्कुटर डिलरसिपमा पुगेको र प्रि–बुकिङ पनि शुरु भइसकेको छ ।

हालै सो स्कुटरको भिडियो युट्युब च्यानल गियरफ्लिकले अपलोड गरेको छ । सो भिडियोमा स्कुटरको सबै जानकारी सार्वजनिक गरिएको छ । सो स्कुटरको फ्रन्ट फेयरिङ छ र इक्विपमेन्टले यसलाई स्पोर्टी लुक दिइएको छ । सो स्कुटरको एलईडी हेडल्याम्प निकै शार्प हुनुका साथै अप्रिलिया आरएसभी४ सुपरबाइक जस्तो देखिन्छ ।

रियरमा पनि सो स्कुटर स्पोर्टी स्टाइलको भएको देख्न सकिन्छ । जहाँ एलईडी टेल लाइट्स र स्प्लिट पिलियन ग्रयाबरेल समावेश गरिएको छ । यसको दुबै ह्लि अलोय युनिट र सस्पेन्शन सिस्टममा फ्रन्ट कि र टेलिस्कोपिक फोर्क तथा रियरमा एड्जस्टेबल मोनोशक देख्न सकिन्छ ।

सो स्कुटरको स्टेप्ड सिट लामो र कम्फर्टेबल रहेको छ । ड्राइभिङ गर्दा सजिलो बनाउनको लागि यसको ह्यान्डलबार अलि माथि उठाइएको छ । स्कुटरको इन्स्ट्रयुमेन्ट क्लस्टर अल न्यु डिजिटल एलसीडी युनिट रहेको छ । यसको साथै स्कुटरमा स्टोरेज कम्पार्टमेन्ट रहेको छ । यसको भित्र एक यूएसबी चार्जिङ पोर्ट पनि रहेको छ ।

स्कुटरमा अन्डरसिट स्टोरेजको साथै बुट ल्याम्पको सुविधा पनि रहेको छ । यसको फ्रन्ट ह्विलमा २२० एमएम डिस्क ब्रेक र रियर ब्रेक ड्रम युनिट रहेको छ । सिंगल च्यानल एबीएस स्ट्यान्डर्डको रुपमा प्रस्तुत गरिएको छ ।

अप्रिलिया एसएक्सआर १६० मा पावर दिनको लागि १६०.०३ सीसी भएको युनिट समावेश गरिएको छ । जसले ७१०० आरपीएममा १०.९ पीएसको पावर प्रदान गर्छ । अप्रिलिया एसएक्सआर १६० को अनुमानित मूल्य १ लाख ३ हजार भारु रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...