हुन्डाई र कियाको साझेदारीमा बन्दै छ ५ मिनेट चार्ज गर्दा १०० किमी चल्ने एप्पलको इलेक्ट्रिक कार

२०२१ को सुरुवातमा एप्पलले इलेक्ट्रिक कार ल्याउने तयारीमा रहेको रिपोर्ट आएको थियो । नयाँ इलेक्ट्रिक कारको लागि एप्पलले हुन्डाई मोटरसँग साझेदारी गर्दैछ ।

२०२७ सम्म हुन्डाईले सेल्फ ड्राइभिङ इलेक्ट्रिक कार लन्च गर्ने समाचारसँगै हुन्डाईको शेयरमा २० प्रतिशत बढेको छ । रिपोर्टका अनुसार यी दुई कम्पनी २०२७ सम्ममा सेल्फ ड्राइभिङ इलेक्ट्रिक कार लन्च गर्ने तयारीमा रहेका छन् ।

एप्पल इन्साइडरको रिपोर्ट अनुसार एप्पलले सुरुवाती मोडल हुन्डाईसँग मिलेर र पछि जनरल मोटर र यूरोपियन कार निर्माता कम्पनी पीएसएससँग साझेदारी गरी नयाँ कार निर्माण गर्नेछ ।

रिपोर्ट अनुसार पहिलो एप्पल कार हुन्डाईको ई–जीएमपी इलेक्ट्रिक भेइकल प्लेटफर्ममा निर्माण गरिनेछ । यही हुन्डाईले सो कारको कम्पोनेन्ट डिजाइन र प्रोडक्सन गर्नेछ । हुन्डाईको सब्सिडियरी कम्पनी किया मोटर्सले एप्पल कारलाई यूएसमा उत्पादन गर्नेछ ।

रिपोर्टमा एप्पल र कियाले ३.५ बिलियन डलरको डिल गरेको छ । यसको प्लान्ट किया जर्जियामा लगाइनेछ । सो प्लान्टमा २०२४ देखि हरेक वर्ष १ लाख एप्पल कार उत्पादन गरिनेछ ।

हुन्डाई ई–जीएमपी प्लेटफर्म २०२० डिसेम्बरमा सार्वजनिक गरिएको थियो । कम्पनीले नयाँ जेनेरेशनको बीईभी मोडल निर्माण गर्ने घोषणा गरेको थियो । २०२१ देखि ई–जीएमपी प्लेटफर्ममा कम्पनीको आयोनिक ५को साथै किया मोटर्सको नयाँ व्याट्री इलेक्ट्रिक कार निर्माण गरिनेछ ।

उक्त प्लेटफर्ममा निर्माण गरिने व्याट्री फुल चार्जिङमा ५०० किलोमिटरको रेन्ज दिने दावी गरिएको छ । हाई स्पिड चार्जरको माध्यमले १८ मिनेटमा ८० प्रतिशत चार्ज गर्ने कम्पनीले दावी गरेको छ । साथै सो कार ५ मिनेटरको चार्जिङमा १०० किलोमिटरको रेन्ज दिने दावी गरिएको छ ।

कियाका अनुसार एप्पल नयाँ कारको लागि गम्भीर भएको र हुन्डाई ग्रुप, जनरल मोटर्स र पीएसएसँग मिलेर काम भइरहेको जानकारी दिएको छ । रिपोर्टका अनुसार एप्पलको नयाँ कार २०२५ सम्म लन्च हुने सम्भावना छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...