एन्ड्रोइड अटो अब अझ स्मार्ट : कारमै फुल एचडी भिडियो, डल्बी एटमस साउन्ड र खाना अर्डर गर्ने सुविधा

गुगलले एन्ड्रोइड अटोको नयाँ पुस्ताको संस्करण पेश गर्ने घोषणा गरिएको छ, जसले कारभित्रको प्रविधि र मनोरञ्जन अनुभवलाई पूर्ण रूपमा नयाँ स्तरमा पुर्‍याउने भएको छ। नयाँ अपडेटसँगै अब प्रयोगकर्ताले आफ्नो कारमै डल्बी एटमस साउन्ड सिस्टममार्फत प्रिमियम सिनेमा हलजस्तै इमर्सिभ अडियो अनुभव लिन सक्नेछन्। साथै, फुल एचडी भिडियो स्ट्रिमिङ, स्मार्ट नेभिगेसन, जेमिनी एआई असिस्ट तथा कारमै बसेर खाना अर्डर गर्न सकिने सुविधा पनि थपिएको छ।

गुगलका अनुसार एन्ड्रोइड अटो अब पूर्ण रूपमा रिडिजाइन गरिएको छ। नयाँ सिस्टम मटेरियल ३ डिजाइनमा आधारित हुनेछ, जसमा आकर्षक फन्ट, स्मुथ एनिमेसन तथा कस्टमाइजेबल वालपेपर उपलब्ध हुनेछ। साथै विजेट सिस्टम थपिएकाले अब चालकले नेभिगेसन प्रयोग गरिरहँदा पनि मौसम, मनपर्ने सम्पर्क वा ग्यारेज डोर कन्ट्रोल जस्ता जानकारी सजिलै हेर्न सक्नेछन् ।

गुगल म्याप्सले पनि पछिल्लो दशककै सबैभन्दा ठुलो अपडेट प्राप्त गरेको छ। नयाँ इमर्सिभ नेभिगेसन सुविधाले अब म्याप्समा भवन, ओभरपास तथा भू-भागको थ्रीडी भ्यु देखाउनेछ। यसले ट्राफिक लाइट, स्टप साइन तथा लेन सम्बन्धी रियल टाइम जानकारी प्रदान गर्ने भएकाले कठिन मोड तथा व्यस्त सडकमा चालकलाई अझ सहज निर्णय लिन मद्दत पुग्ने विश्वास गरिएको छ।

नयाँ अपडेटसँगै जेमिनी एआईलाई पनि एन्ड्रोइड अटोमा समावेश गरिएको छ। यसले प्रयोगकर्ताको सन्दर्भ बुझेर काम गर्नेछ। उदाहरणका लागि, यदि कसैले ठेगाना माग्दै सन्देश पठायो भने जेमिनीले तपाईंको इमेल, सन्देश वा क्यालेन्डरबाट सम्बन्धित जानकारी खोजेर एकै ट्यापमा जवाफ पठाउन सक्नेछ। साथै, ड्राइभिङकै क्रममा डोरड्यासमार्फत खाना अर्डर गर्ने सुविधा पनि उपलब्ध हुनेछ।

मनोरञ्जन अनुभवलाई अझ प्रिमियम बनाउन अब कार पार्क गरिएको वा चार्जिङमा रहेको समयमा युट्युबजस्ता एपमा फुल एचडी गुणस्तरमा ६० फ्रेम प्रति सेकेन्ड भिडियो हेर्न सकिनेछ। गाडी चल्न थालेपछि भने सुरक्षा कारणले भिडियो स्वतः अडियो मोडमा परिवर्तन हुनेछ।

गुगल बिल्ट-इन भएका कारहरूमा भने जेमिनी एआईले अझ उन्नत रूपमा काम गर्नेछ। यसले कारको हार्डवेयरसँग प्रत्यक्ष समन्वय गरेर ड्यासबोर्डमा देखिने चेतावनी संकेत पहिचान गर्न सक्नेछ। साथै, तपाईंले किनमेल गरिरहेको सामान कारको डिक्कीमा अट्छ वा अट्दैन भन्ने जानकारीसमेत दिन सक्ने बताइएको छ। अर्को महत्वपूर्ण सुविधा लाइभ लेन गाइडन्स हो, जसले कारको अगाडिको क्यामेरा प्रयोग गरेर चालकलाई सही लेनमा रहन रियल टाइम निर्देशन दिनेछ।

सम्बन्धित समाचारहरू

कनेक्टेड कार टेक्नोलोजी : स्मार्ट ड्राइभिङको नयाँ युग र यसका अपार फाइदाहरू

कनेक्टेड कार टेक्नोलोजी : स्मार्ट ड्राइभिङको नयाँ युग र यसका अपार फाइदाहरू

आजकाल कारहरू केवल यात्राको साधन मात्र होइनन्, संसारसँग जोडिने स्मार्ट...

एनपीएल २०२५ को आधिकारिक राइड–हेलिङ पार्टनर बन्यो इनड्राइभ

एनपीएल २०२५ को आधिकारिक राइड–हेलिङ पार्टनर बन्यो इनड्राइभ

काठमाडौं – नेपालको प्रमुख राइड–हेलिङ एप तथा ग्लोबल मोबिलिटी एण्ड अर्बन...

चलिरहेको कारमा इन्जिन स्टार्ट स्टप बटन थिच्दा के हुन्छ ? नयाँ चालकका लागि महत्वपूर्ण जानकारी

चलिरहेको कारमा इन्जिन स्टार्ट स्टप बटन थिच्दा के हुन्छ ? नयाँ चालकका लागि महत्वपूर्ण जानकारी

आधुनिक कारहरूमा इन्जिन स्टार्ट गर्न वा स्टप गर्नका लागि साँचो प्रयोग नगरी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...