बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
भारतीय इलेक्ट्रिक स्कुटर निर्माता एम्पियर इलेक्ट्रिकले तमिलनाडु प्लान्टमा ७ अर्ब भारु लगानी गर्ने घोषणा गरेको छ । इलेक्ट्रिक भेहिकलको उत्पादन बढाउन र बिश्वस्तरिय उत्पादन प्लान्ट स्थापना गर्न १० बर्षभित्र उक्त रकम खर्च गरिने कम्पनी स्रोतले बताएको हो । यस बिषयमा कम्पनीले तमिलनाडु सरकारसंग एक सम्झौता पत्रमा हस्ताक्षर समेत गरिसकेको छ ।
सम्झौता अनुसार कम्पनीले यसै बर्षदेखी लगानी गर्दै जानेछ र तत्कालका लागि बार्षिक १ लाख युनिट स्कुटर उत्पादन गर्ने लक्ष्य लिएको छ । यो प्लान्ट पूर्ण क्षमतामा सञ्चालन हुन थालेपछि भने बार्षिक १० लाखसम्म सवारीसाधन उत्पादन गर्न सक्नेछ ।
कम्पनीका अनुसार यो प्लान्ट पूर्णत स्वाचिलत हुनेछ भने भारतकै सबैभन्दा ठूलो इभी उत्पादक कम्पनीसमेत बन्नेछ । कम्पनीले लगानी गर्न लागेको रकममध्ये ठूलो हिस्सा यसको खोज तथा अनुसन्धानमा खर्च गरिनेछ । यसले भोलीका दिनमा उत्पादन हुने एम्पियर स्कुटर थप आधुनिक, सुबिधासम्पन्न र उच्चतम पर्फमेन्सयुक्त रहने बिश्वास लिइएको छ ।
एम्पियरको यस्तो निर्णयबाट नेपालस्थित आधिकारिक बिक्रेता डिएसएम ग्लोबल कम्पनी समेत उत्साहित बनेको छ । कम्पनीका सहायक बजार प्रबन्धक सलिल श्रेष्ठका अनुसार मुल कम्पनीको यस्तो नितीले नेपाली बजारमा समेत सकरात्मक प्रभाव पार्नेछ । ‘कम्पनीको यस्तो योजनाले भोलीका दिनमा नेपाली बजारमा समेत एम्पियर स्कुटरको प्रभाव बढ्दै जानेछ’ उनले भने, हाल नेपाली बजारमा एम्पियरका रिओ र जिल गरी २ मोडलका स्कुटर कारोबार भैरहेको छ । भोलीका दिनमा थप मोडल समेत उपलब्ध हुँदा यसको बजार समेत बढ्ने निश्चित छ ।’ नेपाली बजारमा यी स्कुटरको मुल्य क्रमश १ लाख ६१ हजार र २ लाख ३७ हजार निर्धारण गरिएको छ ।’
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...