बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
अमित जङ्ग सिटौलालाई गत शनिबार एउटा नयाँ नम्बरबाट फोन आयो । उनलाई सबैभन्दा पहिले तपाई अमित जी हो ? भनेर सोधियो । हो भनेपछि उनलाई ‘म नायक प्रदीप खड्का बोलेको । तपाईले टीभीएसको बाइक लक्की ड्रमा पाउनु भएको छ, तपाईलाई बधाई छ है ।’ भनियो ।
यस्तो कुरा सुन्दा शुरुमा अमितले विश्वास गरेनन् । होइन होला भन्ने लाग्यो । उनले जिस्किए जस्तो माने । तर पछि प्रदीप खड्काले आफू नेपाली चलचित्र नायक वास्तविक प्रदीप खड्का नै भएको र टीभीएसको एनटर्क स्कुटर किन्दा दिइने लक्की ड्रमार्फत सो पुरस्कार पाएको बताए ।
त्यसपछि बल्ल अमितलाई विश्वास भयो । तर उनलाई यसरी दिइने लक्की ड्रको वारेमा समेत याद गरेका थिएनन् । भन्छन्, ‘मलाई त यस्तो लक्की ड्र छ भन्ने कुरा पनि थाहा थिएन । शुरुमा त मलाई जिस्क्याएको जस्तो लाग्यो ।’
नुवाकोट पन्चकन्या गाउपालिका ४ आरुखर्कका स्थायी वासिन्दा अमित हाल काठमाडौंको तारकेश्वर नगरपालिकास्थित जरंखु बसन्तनगर कोलोनीमा मिनी मार्ट संचालन गरिरहेका छन् ।
अमितले २ लाख ५० हजार रुपैयाँ पर्ने एनटर्क रेस एडिसन स्कुटर किनेका थिए । तर अहिले उनलाई ७ लाख ८० हजार रुपैयाँ पर्ने अपाचे आरआर ३१० बाइक प्राप्त भएको छ । यसमा २५ प्रतिशत सरकारी कर भने आफैले तिर्नुपर्छ ।
टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले अमितलाई बाइक समेत हस्तान्तरण गरिसकेको छ ।
हरेक हप्ता एभिन्यूज टेलिभिजन र टीभीएसको फेसबुक पेजमा प्रत्यक्ष प्रशारण मार्फत गरिने गोलाप्रथाबाट सिटौला पहिलो हप्ताको विजेता बन्न सफल भएका हुन् ।
यस योजनामा सहभागिता जनाउन टीभीएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने छैन । ‘टीभीएस दसैंको आशा’ योजना अन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कूटरको खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको बताएको छ ।
बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्नसक्ने आरआर ३१० टीभीएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । टीभीएस अपाचे आरआर ३१० को मूल्य ७ लाख ७९ हजार ९ सय रुपैयाँ छ । हरेक हप्ता हुने लक्की ड्रमा भागलिन चाहने जो कोहीले पनि https://tvsnepal.com/dashain/ मा गएर फारम भर्नु पर्नेछ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...