अमेरिकी ब्रान्डको नेपाली बजार : फ्लप बन्दै केही ब्रान्ड, आशा जगाउँदै जिप

अमेरिका विश्वको सबैभन्दा शक्तिशाली मुलुक हो । सबैभन्दा ठूलो अर्थतन्त्र भएको यो मुलुकको आर्थिक विकासमा प्रविधि र आधुनिक हातहतियारको विकासले मेरुदण्डको भूमिका निर्वाह गर्दै आइरहेको छ । प्रविधिको कुरा गर्दा सूचना प्रविधि र इन्जिनियरिङका क्षेत्रमा यो मुलुकले अभुतपूर्व सफलता हात पार्दै आइरहेको छ । त्यसैगरी अटोमोबाइल क्षेत्रको विकासले समेत यो मुलुकको आर्थिक विकासमा ठूलो योगदान दिँदै आइरहेको छ ।

विश्वका १० ठूला अटो ब्रान्डमा सूचिकृत फोर्ड र जनरल मोटर्स अमेरिकाका लागि मात्र नभई विश्वकै प्रख्यात अटोमोबाइल ब्रान्ड हुन् । जसमध्ये जनरल मोटर्स अन्तर्गतको सेभ्रोले ब्रान्डले कुनै समय नेपाली बजारमा राम्रै प्रभाव जमाउन सफल भएको थियो । भारतमा प्लान्ट स्थापना गरेर सवारी साधन उत्पादन गर्दै आइरहेको यो कम्पनीले एकाएक भारतबाट अलग हुने निर्णय गरेसँगै नेपालमा समेत सेभ्रोलेको आयात रोकियो । त्यसयता नेपालमा सभ्रोलेको कुनैपनि नयाँ मोडल आयात हुन सकिरहेको छैन । नयाँ मोडल आयात नभएपनि सेभ्रोलेका पुराना गाडीहरु नेपाली सडकमा अझैपनि गुडिरहेको देख्न सकिन्छ ।

सेभ्रोले नेपाल आयात हुन बन्द भएको करिब डेढ दशक बित्नै लाग्दा अहिले फेरि अर्को ठूलो ब्रान्ड फोर्डको बजार समेत अनिश्चित बनेको छ । जनरल मोटर्सले झै फोर्डले पनि भारतीय प्लान्ट बन्द गर्ने निर्णय गरेपछि यसको बजार अनिश्चित बनेको हो । यद्यपि नेपालस्थित आधिकारिक वितरक जीओ अटोमोबाइल्सले भने भारतीय प्लान्ट बन्द भएपनि तेस्रो मुलकबाट नयाँ मोडलका गाडी आयात गरी कारोबार सुचारु गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाली बजारमा हाल जापनिज, कोरियन, युरोपियन, भारतीय र चिनियाँ ब्रान्डले सफलता हात पार्दै गएपनि अमेरिकन ब्रान्डले भने खासै सफलता हात पार्न सकिरहेका छैनन् । यसअघि विश्वकै सबैभन्दा महंगो र हेभी मोटरसाइकलका रुपमा ख्याति कमाएको हार्ले डेभिड्सन समेत लामो समयसम्म टिक्न सकेन । यो ब्रान्डको समेत भारतमा उत्पादन बन्द भएपछि नेपालमा आयत रोकिएको हो । अर्को अमेरिकन ब्रान्ड युएमका मोटरसाइकल समेत केही समय कारोबार भएर पछि बन्द हुनु परेको थियो ।

ठूला अमेरिकन ब्रान्ड एकपछि अर्को असफल हुँदै गर्दा अर्को अमेरिकन ब्रान्ड जिपले भने नेपाली अटो पारखीको मन जित्न थालेको छ । नेपाल भित्रिएको ३ बर्ष अवधिमा यो अमेरिकन आइकनिक ब्रान्डमा नेपालका उद्यमी, व्यापारी र उच्च घरानाका ब्याक्तिहरु बढी आकर्षित हुन थालेपछि यसले अमेरिकन ब्रान्डको बजारलाई गति दिने आशा गरिएको छ ।

अफरोडर सेग्मेन्टमा संसारकै शक्तिशाली मानिने जिप ब्रान्डका एसयूभीमा नेपाली उपभोक्ताले रुचि बढाउन थालेपछि अहिले यो ब्रान्डको बजार समेत विस्तार हुँदै गैरहेको छ । नेपाली बजारमा जिपका ८४ लाख ९० हजार रुपैयाँदेखि २ करोड ८३ लाख ८० हजार रुपैयाँसम्म मूल्य पर्ने गाडीहरु उपलब्ध छन् । जिपलाई देशकै दोस्रो ठूलो अटोमोबाइल कम्पनी एमएडब्लु ग्रुप अन्तर्गतको लाइफ अटोमोबाइल्सले आयात गरी कारोबार गर्दै आइरहेको छ ।

विश्वको सबैभन्दा ठूलो ईभी निर्माता टेस्लाका इलेक्ट्रिक कार अनधिकृत माध्यमबाट नेपाल भित्रिएपनि हाल यो ब्रान्ड नेपाल भित्रिने बाटो बन्द भैसकेको छ । बिना आधिकारिक वितरक नेपालमा सवारी साधन भित्र्याउन नपाइने नियम र आधिकारिक वितरक नियुक्त गरी सवारीसाधन बिक्री नगर्ने टेस्लाको सिद्धान्तका कारण यो ब्रान्ड सम्भबतः अब नेपाल भित्रिने अवस्था देखिएको छैन ।

सम्बन्धित समाचारहरू

स्कोडाको नयाँ सेडान स्लाभिया सार्वजनिक, दुई इन्जिन अप्सनमा उपलब्ध हुने

स्कोडाको नयाँ सेडान स्लाभिया सार्वजनिक, दुई इन्जिन अप्सनमा उपलब्ध हुने

स्कोडा स्लाभिया सेडान भारतमा वर्ल्ड प्रिमियर गरिएको छ । हाल बजारमा उपलब्ध...

टुनल्यान्ड ई को अपग्रेडेड भर्सन ई प्लस नेपाली बजारमा

टुनल्यान्ड ई को अपग्रेडेड भर्सन ई प्लस नेपाली बजारमा

फोटोन मोटर्सको नेपालका लागि आधिकारिक वितरक एमडव्लू वृद्धि कमर्सिय...

१० लाख डाउन पेमेन्टमा स्कोडा कुशाक, ७० प्रतिशत सम्म फाइनान्स अफर

१० लाख डाउन पेमेन्टमा स्कोडा कुशाक, ७० प्रतिशत सम्म फाइनान्स अफर

काठमाडौं – नेपाली बजारमा उपलब्ध स्कोडाको लोकप्रिय एसयूभी कुशाक १० लाख...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...