बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
खाडीका विभिन्न मुलुकहरू इरान-इजराइल तनावको चपेटामा परेपछि त्यसको प्रभाव नेपालमा पनि परेको छ । मध्यपूर्वी क्षेत्रमा युद्ध हुँदा नेपालका १८ वटा फ्लाइट रद्द भएका छन् । युद्धका कारण विश्वभरिका उडानहरू प्रभावित भएका छन् ।
यसरी हवाइ क्षेत्र प्रभावित हुँदा नेपालका उडानहरू समेत प्रभावित भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार शनिबार मात्रै १८ वटा हवाइ उडान प्रभावित भएका छन् । जसकारण करिब ३ हजार यात्रुलाई असर परेको छ ।
नेपाल एयरलाइन्सको तीन वटा उडानहरू काठमाडौंदेखि दमाम, काठमाडौंदेखि दोहा र काठमाडौंदेखि दुबई उड्ने उडान रद्द भएका थिए । यी फ्लाइटमा ५०० यात्रु रहेको प्राधिकरण स्रोतको भनाई छ ।
त्यस्तै, कतार एयरलाइन्सको चार वटा फ्लाइट रद्द हुँदा करिब ८०० यात्रु प्रभावित भएका थिए । फ्लाइ दुबईको पनि चार वटा उडान रद्द हुँदा करिब ६०० यात्रु प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी एयर अरबियाको शारजाह जाने दुई वटा फ्लाइटका करिब ३०० यात्रु, दमाम जाने हिमालय एयरलाइन्स ३ वटा फ्लाइटका करिब ५०० यात्रु र कुवेत जाने दुई वटा फ्लाइटमा ३०० यात्रु प्रभावित भएका हुन् । शनिबार बेलुकी त्रिभुवन विमानस्थलमा यात्रुहरूको भिड लागेको थियो । उडान रद्द भएपछि घन्टौं बसेर उनीहरू पुनः घर फर्किएका थिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...