सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएको नयाँ डिजायर सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

मारुती सुजुकीले नयाँ डिजायर सार्वजनिक गरेको छ । ग्लोबल एनक्यापले हालै गरेको सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाउन सफल सो कम्प्याक्ट सेडान चौथो पुस्ताको हो । सुरुवाती मूल्य ६ लाख ७९ हजार भारु कायम गरिएएको नयाँ डिजायर ४ वटा भेरिएन्टमा उपलब्ध हुने जनाइएको छ ।

नयाँ डिजायरको लम्बाइ ३,९९५ एमएम, चौडाइ १,७३५ एमएम र उचाई १,५२५ एमएम छ । कारको ह्वीलबेस २,४५० एमएम र ग्राउन्ड क्लिरियन्स १६३ एमएम छ । न्यू डिजाइन फेलोशपी अपनाइएको कारको अगाडी ठूलो हेक्सागोनल ग्रिल र दुबै छेउमा एलईडी हेडल्याम्पहरू राखिएका छन् । पछाडिको भागमा वाई आकारको इन्टर्नलसहित टेललाइट दिइएको छ ।

डुअल–टोन इन्टेरियर उपलब्ध गराइएको कारको ड्यासबोर्डमा फक्स वुड ट्रिम र केन्द्रमा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । कारमा थ्री–स्पोक स्टेयरिङ र परम्परागत ट्वीन–डायल इन्स्ट्रुमेन्ट क्लस्टर समेत पाउन सकिन्छ । साथै यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, क्रूज कन्ट्रोल, रियर एसी भेन्ट्स, इलेक्ट्रिक सनरुफ र ३६० डिग्री क्यामेरा समावेश छन् ।

मारुतीको नयाँ जेड१२ई १.२ लिटर पेट्रोल इन्जिन जडान गरिएको नयाँ डिजायरले ८१ बिएचपी पावर र ११२ एनएम टर्क जनेरेट गर्ने दाबी गरिएको छ । कारमा ५ स्पीड म्यानुअल र ५ स्पीड एएमटीको विकल्प पाइनेछ । साथै यसमा आइडल स्टार्ट÷स्टप सस्टम समेत दिइएको छ ।

सुरक्षामा अब्बल साबित सो कारमा ६ वटा एयरब्याग, ईएसपी, हिल होल्ड असिस्ट, एबीएससहित ईबीडी र ब्रेक असिस्ट, टीपीएमएस, आइएसओफिक्स र रियर डिफोगरलगायत विभिन्न सुरक्षा सुविधाहरू पाइनेछ ।

सम्बन्धित समाचारहरू

सुजुकी फ्रोङ्क्स र जिम्नी नेपाल आउने : खुल्यो बुकिङ, साउन ८ गते मूल्य सार्वजनिक हुने

सुजुकी फ्रोङ्क्स र जिम्नी नेपाल आउने : खुल्यो बुकिङ, साउन ८ गते मूल्य सार्वजनिक हुने

काठमाडौं – नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले दुई...

सुजुकीले भारतमा बढायो स्कुटरको बिक्री, यस्तो छ अन्य ब्रान्डको अबस्था

सुजुकीले भारतमा बढायो स्कुटरको बिक्री, यस्तो छ अन्य ब्रान्डको अबस्था

सुजुकी टु ह्विलरले भारतमा स्कुटरको बिक्री बढाएको छ । गत बर्षको अप्रिलदेखी...

अब एस–क्रस बजारमा नआउने, टोयोटा र मारुतीले संयुक्त रुपमा ल्याउदै एसयूभी भिटारा

अब एस–क्रस बजारमा नआउने, टोयोटा र मारुतीले संयुक्त रुपमा ल्याउदै एसयूभी भिटारा

मारुती सुजुकी इन्डियाले एस–क्रस एसयूभीको उत्पादन बन्द गरेको छ । यद्यपि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...