सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएको नयाँ डिजायर सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

मारुती सुजुकीले नयाँ डिजायर सार्वजनिक गरेको छ । ग्लोबल एनक्यापले हालै गरेको सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाउन सफल सो कम्प्याक्ट सेडान चौथो पुस्ताको हो । सुरुवाती मूल्य ६ लाख ७९ हजार भारु कायम गरिएएको नयाँ डिजायर ४ वटा भेरिएन्टमा उपलब्ध हुने जनाइएको छ ।

नयाँ डिजायरको लम्बाइ ३,९९५ एमएम, चौडाइ १,७३५ एमएम र उचाई १,५२५ एमएम छ । कारको ह्वीलबेस २,४५० एमएम र ग्राउन्ड क्लिरियन्स १६३ एमएम छ । न्यू डिजाइन फेलोशपी अपनाइएको कारको अगाडी ठूलो हेक्सागोनल ग्रिल र दुबै छेउमा एलईडी हेडल्याम्पहरू राखिएका छन् । पछाडिको भागमा वाई आकारको इन्टर्नलसहित टेललाइट दिइएको छ ।

डुअल–टोन इन्टेरियर उपलब्ध गराइएको कारको ड्यासबोर्डमा फक्स वुड ट्रिम र केन्द्रमा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । कारमा थ्री–स्पोक स्टेयरिङ र परम्परागत ट्वीन–डायल इन्स्ट्रुमेन्ट क्लस्टर समेत पाउन सकिन्छ । साथै यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, क्रूज कन्ट्रोल, रियर एसी भेन्ट्स, इलेक्ट्रिक सनरुफ र ३६० डिग्री क्यामेरा समावेश छन् ।

मारुतीको नयाँ जेड१२ई १.२ लिटर पेट्रोल इन्जिन जडान गरिएको नयाँ डिजायरले ८१ बिएचपी पावर र ११२ एनएम टर्क जनेरेट गर्ने दाबी गरिएको छ । कारमा ५ स्पीड म्यानुअल र ५ स्पीड एएमटीको विकल्प पाइनेछ । साथै यसमा आइडल स्टार्ट÷स्टप सस्टम समेत दिइएको छ ।

सुरक्षामा अब्बल साबित सो कारमा ६ वटा एयरब्याग, ईएसपी, हिल होल्ड असिस्ट, एबीएससहित ईबीडी र ब्रेक असिस्ट, टीपीएमएस, आइएसओफिक्स र रियर डिफोगरलगायत विभिन्न सुरक्षा सुविधाहरू पाइनेछ ।

सम्बन्धित समाचारहरू

नेपाली शोरुममा सजियो माइल्ड हाइब्रिड प्रविधियुक्त सुजुकी ग्रान्ड भिटारा, यस्ता छन् विशेषता

नेपाली शोरुममा सजियो माइल्ड हाइब्रिड प्रविधियुक्त सुजुकी ग्रान्ड भिटारा, यस्ता छन् विशेषता

काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ...

आज र भोलि अटो एभमा सुजुकी दसैं सर्भिस क्याम्प

आज र भोलि अटो एभमा सुजुकी दसैं सर्भिस क्याम्प

काठमाडौं – मित्रपार्कस्थित सुजुकी गाडीको आधिकारिक सर्भिस सेन्टर अटो एभ...

नयाँ वर्ष पश्चात नेपाली बजारमा पहिलो लन्च हुने कार बन्दै सुजुकी सेलेरियो

नयाँ वर्ष पश्चात नेपाली बजारमा पहिलो लन्च हुने कार बन्दै सुजुकी सेलेरियो

काठमाडौं – नेपाली बजारमा सुजुकी सेलेरियो कारको प्रि–बुकिङ प्रारम्भ भएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...