ड्याटसनको नयाँ गाडी अल न्यु रेडी गो नेपाली बजारमा, मूल्य २३ लाख ९९ हजार

काठमाडौं – नेपालमा ड्याटसन गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ गाडी रेडी गो नेपाली बजारमा प्रस्तुत गरेको छ । नयाँ रेडी गो स्पोर्टी तथा प्रोग्रेसिभ गाडीमा विभिन्न प्रिमियम एवं फिचरहरुले भरिपूर्ण सुविधाहरु रहेका छन् । यसले वास्तवमै बोल्ड एवं नवीनस्तरमा पु¥याउने विश्वास कम्पनीले लिएको बताएको छ ।

आज भर्चुअल माध्यमबाट सो गाडी लन्च गरिएको हो । सो अवसरमा पायोनियर मोटोकर्पका म्यानेजिङ डाइरेक्टर सन्दिपकुमार सारदाले ५० भन्दा बढी अपग्रेडका साथ उपलब्ध नयाँ ड्याटसन रेडी गोले नेपाली ग्राहकलाई खुसी तुल्याउने विश्वास ब्यक्त गरे ।

ह्याचब्याकको स्लिक एवं बोल्ड लुक्सको साथ पूूर्ण क्रोम सराउन्डको साथ यसलाई परिभाषित गरिएको छ । भिजुअल अपिलिङको लागि यसमा एल आकारको डीआरएल, स्लिक हेडल्याम्पको साथ सिल्भर डेकोरेसन, एलईडी फगल्याम्प, १४ इनच ह्विलको साथ पेन्टाब्लेड ड्युअल टोन ह्विल कभर, एलईडी सिग्नेचर टेलल्याम्प तथा डोर ट्रिमको साथ फेब्रिक जस्ता सुविधाहरु यसमा समावेश गरिएका छन् ।

रेडी गो ह्याचब्याकमा १८७ एमएमको सेगमेन्ट लिडिङ ग्राउन्ड क्लियरेन्स तथा क्लास लिडिङ रियर नि रुम कम्फर्ट जस्ता सुविधाका कारण यसमा सेडानको जस्तै सुविधा अनुभूति गर्न सकिन्छ । यसमा एउटा आरामदायी एवं भरपर्दो ड्राइभ अनुभव मिल्दछ । नेपाली सडकहरुलाई सुहाउने किसिमले तयार पारिएको हुँदा यो गाडीले हरेक दृष्टिकोणबाट यात्रालाई सहज तुल्याइ दिने कम्पनीको भनाइ छ ।

नयाँ रेडी गोमा वेस्ट इन क्लास फिचरहरु रहेका छन् । यसमा ८ इन्चको टचस्क्रिन, एडभान्स एन्ड्रोइड तथा एप्पल कारप्लेमार्फत सहजै सञ्चालन गर्न सकिने भ्वाइस रिकग्निसनयुक्त इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ । प्रिमियम गन मेटल फिनिसिङको साथ अनबोर्ड एक ड्युअल टोन इन्स्ट्रयुमेन्ट प्यानल पनि रहेको छ ।

यस कारमा यो सेगमेन्टकै उच्चस्तरीय सुरक्षाका उपायहरु समावेश गरिएको छ । ठूलो दृर्घटनाबाट बच्नको लागि त्यसै किसिमको बढी स्ट्रक्चर राखिएको छ, जसले यात्रुलाई अगाडिबाट हुने चोटबाट बचाउँदछ । त्यस्तै यसमा साइड इम्पेक्ट पेडेस्ट्रियन प्रोटेक्सन कम्प्लान्ट, रेक्ट्य्राक्टिभ फङ्सनको साथ रियर सिट वेल्ट, ड्युअल एयरब्याग तथा प्रोजेक्सन गाइडको साथ रियर भ्यु क्यामेरा पनि रहेको छ ।

यो चाडबाडको मौसममा हाल नयाँ रेडी गो १.० एल म्यान्युअल ट्रान्समिसन उपलब्ध हुने छ । त्यसै गरी अन्य ०.८ एल म्यान्युअल ट्रान्समिसनको डि, ए, ६ तथा टि (ओ) र १.० एल पनि उपलब्ध रहेका छन् । त्यसै गरी स्मार्ट ड्राइभ अटो अर्थात एएमटी टी (ओ) भेरिएन्ट पनि छिट्टै उपलब्ध हुने कम्पनीको भनाइ छ । हाल उपलब्ध मोडलको मूल्य २३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

नयाँ रेडी गो दुई नयाँ रंगको साथ जम्मा छ वटा रंगहरुमा उपलब्ध रहेको छ । ड्याटसनले १ वर्षको वा २० हजार किलोमिटरको स्ट्यान्डर्ड वारेन्टी उपलब्ध गराएको छ । हाल प्रवद्र्धनात्मक अवधिमा खरिद गर्ने ग्राहकहरुका लागि भने विना अतिरिक्त शुल्क तीन वर्ष वा ३० हजार किलोमिटर सम्म वारेन्टी प्राप्त हुने बताइएको छ । त्यसै गरी खरिदकर्ताले चालु आर्थिक वर्षको सवारी कर तथा काठमाडौं उपत्यका भित्र रोडसाइट सेवा पनि प्राप्त गर्नेछन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...