सडक दुर्घटना न्यूनीकरण र प्रदूषण नियन्त्रणमा कृत्रिम एआईले ठूलो सहयोग गर्न सक्ने

भारतमा फेब्रुअरी १६, २०२६ देखि एआई प्रभाव शिखर सम्मेलन २०२६ औपचारिक रूपमा सुरु भएको छ। विश्वव्यापी सहभागितासहित आयोजना गरिएको यस सम्मेलनमा विभिन्न क्षेत्रहरूमा एआईको प्रयोग, यसको अवसर र चुनौतीबारे विस्तृत छलफल भइरहेको छ। विशेष गरी सडक यातायात, सुरक्षा व्यवस्थापन र प्रदूषण नियन्त्रणमा एआईको भूमिका के हुन सक्छ भन्ने विषयले विशेष प्राथमिकता पाएको छ।

उक्त सम्मेलनमा एआईको सहायताले सवारी साधन देखि सवारी साधन सञ्चार सिस्टममा सुधार गर्न सकिने बताइएको छ । उन्नत प्रविधिको प्रयोगले चालकलाई सम्भावित दुर्घटनाबारे पहिले नै सचेत गराउन सकिन्छ, जसले दुर्घटना घटाउन र धेरै जीवन बचाउन महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ। सहभागीहरुले यसको लागि विद्यालय तहदेखि नै सुरक्षित सवारी सञ्चालन सम्बन्धी ज्ञान दिन आवश्यक रहेको पनि उल्लेख गरे।

एआईको प्रयोगबाट ट्राफिक उल्लङ्घनसम्बन्धी प्रमाण अटोमेटिक रूपमा संकलन गर्न सकिने र यसले प्रहरीलाई मानव हस्तक्षेपबिना नै यथार्थ र प्रमाणिक तथ्याङ्क उपलब्ध गराउनेछ। हाल मानवीय त्रुटिका कारण संकलित विवरण सधैं शतप्रतिशत सही नहुन सक्ने भन्दै एआईले दुर्घटनासम्बन्धी वास्तविक तथ्याङ्क व्यवस्थापनमा पनि सघाउनेछ ।

भेहिकल टु भेहिकलले चालकलाई सम्भावित जोखिमबारे तुरुन्त जानकारी दिन सक्षम हुन्छ। यसले सडकमा हुने आकस्मिक अवस्थालाई पूर्वानुमान गरी दुर्घटना रोक्न मद्दत गर्ने अपेक्षा गरिएको छ। साथै प्रदूषणका कारण हुने सडक दुर्घटनालाई पनि न्यूनीकरण गर्न सकिन्छ । एआईमार्फत सवारी साधनको उत्सर्जन अनुगमन, ट्राफिक व्यवस्थापन सुधार तथा इन्धन खपत घटाउने उपायहरू कार्यान्वयन गर्न सकिने बताइएको छ।

सम्मेलनमा विद्यालयको पाठ्यक्रममै सवारी साधन चलाउने विषय समावेश गर्नुपर्ने प्रस्ताव पनि अघि सारिएको छ। यसले युवापुस्तामा प्रारम्भिक चरणदेखि नै जिम्मेवार र सुरक्षित सवारी संस्कार विकास गर्न सक्ने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित समाचारहरू

धुलिखेल–खावा सडक स्तरोन्नति गरिँदै, २ हप्तासम्म सवारीसाधान आवागमनमा रोक

धुलिखेल–खावा सडक स्तरोन्नति गरिँदै, २ हप्तासम्म सवारीसाधान आवागमनमा रोक

काभ्रे– अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान...

अब पोखरा–मुग्लिन सडकमा सरर ……….

अब पोखरा–मुग्लिन सडकमा सरर ……….

पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने) को निर्माण यसै आवभित्र...

दुम्कीवास-दाउन्ने सडक अवरुद्ध, यी वैकल्पिक रुट प्रयाेग गर्न आग्रह

दुम्कीवास-दाउन्ने सडक अवरुद्ध, यी वैकल्पिक रुट प्रयाेग गर्न आग्रह

काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...