जीडब्लूएमको नयाँ ईभी ‘हाभल जोलियन म्याक्स’ नेपालमा सार्वजनिक
काठमाडौं — ग्रेट वाल मोटर (जीडब्लूएम) ले आफ्नो नयाँ विद्युतीय एसयूभी ‘हाभल...
काठमाडौँ–वर्षायाममा सडक भिजेर चिप्लो हुने भएकाले सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउनु अत्यावश्यक मानिन्छ । मनसुनको समयमा अचानक वा आपत्कालीन ब्रेक लगाउनुपर्दा गाडी चिप्लिने र दुर्घटना हुने जोखिम उच्च रहन्छ ।
यस्ता सम्भावित जोखिमबाट जोगिन आधुनिक सवारीसाधनहरूमा एन्टी–लक ब्रेकिङ सिस्टम (एबीएस) र इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन (ईबीडी) जस्ता सुरक्षा प्रविधिहरू प्रयोग गरिएका हुन्छन् ।
इमर्जेन्सी ब्रेकिङको अवस्थामा गाडीका ह्विलरहरु पूर्ण रूपमा ठप्प वा लक हुन नदिन एबीएसले मुख्य भूमिका खेल्छ । भिजेको वा चिप्लो सडकमा ह्विल लक भएमा सवारीसाधनको स्टेयरिङ माथिको नियन्त्रण गुम्न पुग्छ ।
एबीएसमा जडान गरिएका सेन्सरहरूले प्रत्येक ह्विलको गति निरन्तर मापन गरी एक सेकेन्डमै धेरै पटक ब्रेकको दबाब कम–बढी गराउँछन् । यसले ह्विल घुमिरहने अवस्था कायम राख्ने भएकाले चालकले गाडी नियन्त्रणमै राखेर सुरक्षित रूपमा स्टेयरिङ मोड्न र दुर्घटनाबाट बच्न सक्छन् ।
अर्कोतर्फ, ईबीडीले गाडीको गति, मोडिने अवस्था र तौलको वितरण विश्लेषण गरी प्रत्येक ह्विलमा आवश्यकताअनुसार ब्रेकको शक्ति वितरण गर्छ । सवारीसाधनमा भारको वितरण सधैँ समान हुँदैन र वर्षाको समयमा प्रत्येक टायरको सडकसँगको पकड पनि फरक पर्न सक्छ । यस्तो अवस्थामा ईबीडीले कुन ह्विलमा कति ब्रेक शक्ति आवश्यक छ भन्ने निर्धारण गरी गाडीको सन्तुलन बिग्रन दिँदैन ।
सुरक्षाका दृष्टिले एबीएस र ईबीडी मध्ये कुनै एक मात्र प्रविधिलाई उत्कृष्ट मान्नुभन्दा पनि यी दुवैको संयुक्त प्रयोगलाई बढी प्रभावकारी मानिन्छ । एबीएसले मात्र पनि चिप्लो सडकमा गाडी रोक्न मद्दत गर्छ, तर एबीएस र ईबीडी दुवै प्रविधि एकसाथ उपलब्ध भएको खण्डमा सवारीसाधन अझ छोटो दूरीमा, पूर्ण सन्तुलित र सुरक्षित तरिकाले रोक्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...