बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाली बजारमा भित्रिएको छोटो अवधिमै जावा ब्रान्डका बाइकले राम्रो बजार सम्भाव्यता देखाएका छन् । असोज अन्तिम सातामा नेपाली बजारमा लन्च गरिएको जावा बाइक यो अवधिमा करिव ३ सय युनिट बिक्री भएको जावाको नेपालस्थित आधिकारिक वितरक अग्नि मोटोइंक स्रोतले बताएको छ ।
नेपाली बजारमा उपलब्ध दुई मोडल मध्ये विशेष गरी युवा पुस्ताले जावा ४२ र अन्यले जावा क्लासिक मन पराएको पाइएको छ । नेपाली बजारमा दुई मोडलका चार भेरिएन्ट उपलब्ध छन् । दुवै मोडलका बाइक सिंगल च्यानल र ड्युअल च्यानल एबीएस भेरिएन्टमा उपलब्ध छन् ।
नेपाली बजारमा विशेष गरी रोयल इन्फिल्डका बाइकसँग यो ब्रान्डको प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
यी दुईओटै बाइक २९० सीसी क्षमताका हुन् । यी बाइकमा भएका डीओएचसी इन्जिनले २७ बीएचपी पावर र २८ एनएम टर्क जेनेरेट गर्छ ।
जावा ४२ सिंगल च्यानल एबीएसको मूल्य ६ लाख २० हजार र ड्युअल च्यानल एबएिसको मूल्य ६ लाख ४८ हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी जावा क्लासिक सिंगल च्यानल एबीएसको मूल्य ६ लाख ४८ हजार ५ सय र ड्युअल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...