नारायणगढ–हेटौँडा सडक स्तरोन्नति गर्न ५१ कम्पनी इच्छुक, प्रतिस्पर्धामा भारतीय र चिनियाँ
काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–हेटौँडा सडक खण्ड...
काठमाण्डौ – मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा गाडी आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि यस क्षेत्रमा दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म गाडी चलाउन पाइने छैन ।
विगतमा केही समय काम भएर स्थगित भएको नारायणगढ–मुग्लिङ सडक आयोजनाको तुइनखोला खण्डमा पहिरो रोकथामको काम अघि बढाउन लागिएको प्रशासनले जनाएको छ ।
कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यस अवधिमा सबै प्रकारका गाडीको आवागमन रोक्ने निर्णय गरिएको सूचनामा उल्लेख छ । यस अवधिमा काठमाण्डौ–मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा ओहोरदोहोर गर्ने गाडी आवागमन भने नरोकिने प्रशासनले जनाएको छ ।
प्रशासनले यात्रु तथा गाडी चालकलाई समयतालिकाअनुसार यात्रा गर्न आग्रह गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...