परीक्षणमा देखियो सुजुकीको नयाँ ब्रेजा, एडास र नयाँ हाइब्रिड इन्जिनसहित आउने सम्भावना

मारुती सुजुकीको लोकप्रिय सब ४ मिटर एसयूभी ब्रेजा परीक्षणका क्रममा देखिएको छ। नयाँ ब्रेजा विशेषगरी नयाँ हाइब्रिड इन्जिन र एडास फिचरसहित आउन सक्ने अनुमान गरिएको छ। सन् २०२६ मा कम्पनीले ब्रेजाको फेसलिफ्ट संस्करण सार्वजनिक गरेको थियो, जसमा इन्जिन र डिजाइनका केही पक्षमा परिमार्जन गरिएको थियो।

हालै परीक्षण गरिएको नयाँ ब्रेजा पूर्ण रूपमा क्यामोफ्लाजले ढाकिएको देखिन्छ। जसका कारण यसको एक्सटेरियर डिजाइनमा भएका परिवर्तनहरू स्पष्ट रूपमा पहिचान गर्न सकिएको छैन। यद्यपि, यसको बडी साइज र बनावट हाल बजारमा उपलब्ध ब्रेजासँग मिल्दोजुल्दो देखिन्छ। यसको लाइटिङ डिजाइन पनि हालको ब्रेजासँग मिल्दोजुल्दो रहेको अनुमान गरिएको छ। परीक्षण भइरहेको गाडी ब्रेजाकै नयाँ संस्करण हुन सक्ने अनुमान पनि गरिएको छ।

कम्पनीले जापानमा आयोजित सुजुकी टेक्नोलोजी स्ट्राटेजी ब्रिफिङ २०२६ मा विभिन्न नयाँ इन्जिन र पावरट्रेन प्रविधि सार्वजनिक गरेको थियो। तीमध्ये १.२ लिटर क्षमताको जेड१२ई हाइब्रिड इन्जिनलाई विशेष महत्त्वका साथ हेरिएको छ।सो इन्जिन ०.६ किलोवाट आवर क्षमताको ब्याट्री प्याक र दुईवटा इलेक्ट्रिक मोटरसँग जोडिएको छ। यसको पेट्रोल इन्जिनले करिब ८० बीएचपी पावर र १०८ एनएम टर्क उत्पादन गर्छ। त्यस्तै, यसको ट्र्याक्सन मोटरको क्षमता करिब ८७ बीएचपी रहेको छ।

मारुती सुजुकीले आफ्ना गाडीमा एडास प्रविधि विस्तार गर्ने योजनामा पनि काम गरिरहेको छ। कम्पनीले तुलनात्मक रूपमा कम लागतमा एडास उपलब्ध गराउने प्रविधि विकास गरिरहेको छ । यदि नयाँ ब्रेजामा एडास उपलब्ध गराइयो भने यसमा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट र एडाप्टिभ क्रुज कन्ट्रोलजस्ता आधुनिक सेफ्टी फिचर थपिने सम्भावना छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...