होन्डालाई उछिन्दै सुजुकी बन्यो जापानको दोस्रो ठूलो अटो कम्पनी
काठमाडौं–सुजुकी मोटर कर्पोरेसन विश्वव्यापी बिक्रीमा होन्डालाई उछिन्दै...
काठमाडौं–मारुती सुजुकीले सन् २०२७ को भारत मोबिलिटी एक्स्पोमा आफ्नो दोस्रो ईभी सार्वजनिक गर्ने भएको छ । आगामी फेब्रुअरीमा आयोजना हुने उक्त एक्स्पोमा कम्पनीले नयाँ इलेक्ट्रिक एमपीभी प्रदर्शन गर्ने तयारी गरेको हो ।
वाईएमसी कोडनेमबाट विकास भइरहेको र भारतका विभिन्न स्थानमा परीक्षणका क्रममा देखिएका प्रोटोटाइपका आधारमा यो तीन रो भएको इलेक्ट्रिक एमपीभी हुने अनुमान गरिएको छ ।
मारुती सुजुकीको लोकप्रिय एमपीभी अर्टिगा र एक्सएल६ को इलेक्ट्रिक संस्करणका रूपमा यसलाई बजारमा ल्याउन सक्ने अनुमान गरिएको छ । यसले भारतमा बिक्री भइरहेको किया करेन्स क्लाभिस ईभीसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।
डिजाइनका हिसाबले नयाँ एमपीभीमा बक्सी सिल्हुट, अग्लो फ्रन्ट फेसिया, एलईडी हेडल्याम्प र क्लोज्ड ग्रिल दिइने देखिएको छ । यसमा एरोडाइनामिक डिजाइनका अलोय ह्विल, स्क्वायर ह्विल आर्च, पुल टाइप डोर ह्यान्डल र इन्टिग्रेटेड स्पोइलर रहनेछन्।
फिचरका हिसाबले यसमा पानोरामिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट, लेभल २ एडीएएस, ३६० डिग्री क्यामेरा र अटोमेटिक क्लाइमेट कन्ट्रोलजस्ता सुविधा उपलब्ध हुन सक्ने अनुमान गरिएको छ ।
यो इलेक्ट्रिक एमपीभी मारुती सुजुकीको ई–भिटारामा प्रयोग भएको हार्टेक्ट–ई प्लेटफर्ममा आधारित हुनेछ । यसमा ई–भिटारासँग मिल्दोजुल्दो ब्याट्री तथा मोटर विकल्प उपलब्ध हुन सक्ने अनुमान छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...