गम्भीर दुर्घटनामा पनि खुलेन एयरब्याग, एक्सपेङले भन्यो– मापदण्ड पुगेन

काठमाडौं–चीनमा दुर्घटनाका कारण मर्मत गर्न नसकिने अवस्थामा पुगेको एक्सपेङ एक्स९ विद्युतीय एमपीभीको एयरब्याग नखुलेपछि यसको सुरक्षाबारे प्रश्न उठेको छ ।

कम्पनीले भने दुर्घटनाका क्रममा एयरब्याग सक्रिय हुने आवश्यक मापदण्ड पूरा नभएको दाबी गरेको छ ।

अक्टोबर १५ मा लिउ नाम गरेका एक ग्राहकले चलाइरहेको एक्स९ सडकको किनारमा ठोक्किएपछि अनियन्त्रित भएको थियो । त्यसपछि सडकछेउको रूख र बिजुलीको पोलमा ठोक्किएर गाडी पल्टिएको थियो ।

दुर्घटनामा गाडीको अगाडिको भागमा गम्भीर क्षति पुगेको थियो । बीमा कम्पनीले निरीक्षणपछि गाडी मर्मत गर्न नसकिने निष्कर्ष निकाल्दै स्क्र्याप गर्न सिफारिस गरेको थियो । दुर्घटनामा भने कसैलाई चोटपटक लागेन ।

गाडीमा एयरब्याग नखुलेपछि चालकले यसको सुरक्षामाथि प्रश्न उठाएका छन् । करिब दुई वर्षअघि लगभग ५ लाख चिनियाँ युआनमा खरिद गरिएको गाडी यस्तो दुर्घटनामा पर्दासमेत एयरब्याग नखुलेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

एक्सपेङले सञ्चारमाध्यमलाई इमेलमार्फत दिएको जवाफमा दुर्घटनाको समयमा गाडी म्यानुअल ड्राइभिङ मोडमा रहेको र ठोक्किनुअघि चालकले एक्सिलेटर थिचिराख्दै स्टेयरिङ तीव्र रूपमा घुमाएको जनाएको छ ।

कम्पनीका अनुसार, गाडीको ब्याकएन्ड डाटा र ड्राइभिङ भिडियो विश्लेषण गर्दा दुर्घटनाको प्रभाव एयरब्याग सेन्सर सक्रिय हुने सीमासम्म पुगेको थिएन ।

कम्पनीले ग्राहकले माग गरेको स्वतन्त्र तेस्रो पक्षबाट प्राविधिक परीक्षण गराउने विषयलाई स्वीकार गर्दै त्यसमा सहयोग गर्ने जनाएको छ । एयरब्याग नखुल्नुको वास्तविक कारण भने स्वतन्त्र प्राविधिक परीक्षणपछि मात्र स्पष्ट हुनेछ ।

एक्सपेङ एक्स९ कम्पनीको पहिलो एमपीभी हो, जसलाई सन् २०२४ जनवरीमा चीनमा सार्वजनिक गरिएको थियो । यसै वर्ष एक्स९ का केही गाडीमा एयर सस्पेन्सनसम्बन्धी समस्या देखिएपछि कम्पनीले ३३ हजार ४७३ वटा गाडी फिर्ता बोलाउने प्रक्रिया अघि बढाएको थियो । उक्त समस्या एयरब्यागसम्बन्धी अहिलेको घटनाभन्दा अलग हो।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...