लद्दाखमा परीक्षणका क्रममा देखियो रोयल इनफिल्ड हिमालयन ईभी, कठिन भूगोलमा भइरहेको परीक्षण
प्रिमियम मोटरसाइकल निर्माता रोयल इनफिल्डले विद्युतीय एडभेन्चर...
काठमाडौं–रोयल इनफिल्डले आफ्नो १२५ औँ वार्षिकोत्सवको अवसर पारेर नयाँ क्लासिक ६५० हाइपरशिफ्ट बजारमा ल्याएको छ ।
यस विशेष मोडलको मूल्य ४ लाख २६ हजार भारु तोकिएको छ । विश्वका प्रमुख बजारहरूमा प्रत्येक क्षेत्रका लागि १२५ युनिट मात्र उपलब्ध हुने यो मोटरसाइकलले कम्पनीको लामो इतिहास र विरासतलाई झल्काउँछ ।
यसको बुकिङ अक्टोबर १६ देखि अक्टोबर २८ सम्म खुला गरिएको छ भने यसको डेलिभरी नोभेम्बर महिनादेखि सुरु हुने जनाइएको छ ।
नयाँ मोटरसाइकलको मेकानिकल पक्षमा भने कुनै फेरबदल गरिएको छैन र यसमा स्ट्यान्डर्ड क्लासिक ६५० कै इन्जिन प्रयोग गरिएको छ ।
यस मोटरसाइकलमा ६४८ सीसीको एयर–कुल्ड प्यारलल–ट्विन इन्जिन दिइएको छ जसले ४६ बीएचपी शक्ति र ५२.३ एनएम टर्क उत्पन्न गर्दछ ।
बाइकको मुख्य विशेषता यसको आकर्षक पेन्ट फिनिस हो, जुन प्रकाशको परिवर्तनसँगै रातो, हरियो र सुनौला रङहरूमा परिवर्तन भएको देखिन्छ । यसबाहेक यसमा गोल्डेन ब्रान्ड क्रस्ट, १२५ वर्षको विशेष ब्याजिङ, हातले पेन्ट गरिएको पिस्ट्राइप्स र क्विल्टेड लेदरको सिटजस्ता आकर्षक फिचर समवेश गरिएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...