दशैंमा विद्युतीय कारबाट सुरक्षित र सहज गाउँ यात्रा, यी ५ कुरामा सजग बनौँ
दशैंको रमझम सुरु भएसँगै शहरबाट गाउँघरतर्फ जाने मानिसहरूको चहलपहल बाक्लो...
काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोग तीव्र रूपमा बढेसँगै यसको भौतिक पूर्वाधार र डिजिटल सहायता प्रणाली दुवैमा उत्साहजनक विस्तार देखिएको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको संयुक्त प्रयासमा देशभर चार्जिङ स्टेसनको सञ्जाल फैलिएको छ । अर्कोतिर चालकहरूलाई चार्जिङ स्टेसन भेट्टाउनका लागि डिजिटल प्लाटफर्महरू पनि सार्वजनिक भइरहेका छन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल देशभर कुल २३ सयभन्दा बढी चार्जिङ स्टेसनहरू सञ्चालनमा रहेका छन् । प्राधिकरणका सहायक प्रबन्धक सागरमणि ज्ञवालीका अनुसार प्राधिकरण आफ्नै ६२ वटा र निजी क्षेत्रका २२३८ वटा स्टेसन सञ्चालनमा छन् । ‘भोटेकोशी बाढीका कारण नुवाकोट र स्याफ्रुबेसीका ३ वटा स्टेसन प्रभावित भए पनि बाँकी सबै स्टेसनहरू देशभर सञ्चालनमा छन्,’ उनले भने, ‘निजीतर्फ अधिकांश सवारी बिक्रेता कम्पनीहरू तथा होटलहरूले आफ्नै पहलमा चार्जिङ स्टेसन सञ्चालन भइरहेका छन् ।’
देशभर चार्जिङ स्टेसनको संख्या बढेसँगै यात्राका क्रममा स्टेसनहरू खोज्न ईभी चालकहरूले डिजिटल प्लाटफर्मको सहारा लिन थालेका छन् । सन् २०२२ देखि सञ्चालनमा आएको ‘चार्जिङ स्टेसन नेपाल’ नामक डिजिटल प्लाटफर्ममा अहिले २५ हजारभन्दा बढी सक्रिय प्रयोगकर्ता आबद्ध भइसकेका छन् ।
चार्जिङ स्टेसन नेपालका संस्थापक विवेकमणी आचार्यका अनुसार एप स्टोरहरूबाट हालसम्म ३० हजारभन्दा बढी पटक एप डाउनलोड भइसकेको छ । सुरुवाती चरणमा गुगल म्याप्स, समाचार, कम्पनीका वेबसाइट तथा सामाजिक सञ्जालका आधारमा स्टेसनहरूको विवरण संकलन गरिए पनि अहिले यो पूर्ण रूपमा ‘समुदाय-सञ्चालित’ (कम्युनिटी ड्राइभन) बनेको छ । ‘नयाँ स्टेसन थपिँदा वा पुराना बन्द हुँदा प्रयोगकर्ता र सञ्चालकहरूले नै गुगल फर्ममार्फत जानकारी दिन्छन्,’ उनले भने, ‘त्यसकै आधारमा तथ्यांक अद्यावधिक गर्छौं ।’
ईभी चालकहरूका लागि यात्राका क्रममा आगामी चार्जिङ स्टेसनको वास्तविक समयको जानकारी लिन उक्त प्लाटफर्म निकै सहयोगी देखिएको उनले बताए । ‘देशभरका सबै स्टेसनमा एउटै एप लागू नभए पनि करिब दुई सय वटा स्टेसनहरूमा यही एपमार्फत ब्यालेन्स लोड गरी सिधै सवारी चार्ज गर्न मिल्ने सुविधा उपलब्ध छ,’ उनले भने, ‘हामीले एमएडब्लू, इलेक्ट्रोभा र डिभो चार्ज पोइन्ट जस्ता अन्य तीनवटा एपहरूलाई पनि यही सफ्टवेयर नेटवर्कसँग जोडेर सञ्चालनमा ल्याएका छौं ।’
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...