अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने, मन्त्रिपरिषदले ग-यो प्रमुख १२ नीतिगत परिवर्तनको निर्णय
काठमाडौँ – मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको...
काठमाडौँ - तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक १ देखि ३ गतेसम्म नाका खुल्ने उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले जनाएको छ ।
उक्त मन्त्रालयले आज जारी गरेको ‘प्रेस नोट’ अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ ।
चीनले गत भदौ १५ देखि अर्को सूचना नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो। भदौ १० मा भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्तीमा क्षति पुर्याएपछि चिनियाँ पक्षले तातोपानी नाका पनि बन्द गरेको हो। नाका बन्द गर्नुको कारण भने चिनियाँ पक्षले औपचारिक रूपमा स्पष्ट पारेको छैन।
यसअघि पनि अरनिको राजमार्गमा लगातारको पहिरोले अवरोध पुर्याउँदा गत साउनको सुरुदेखि तातोपानी नाका करिब तीन साता पूर्ण रूपमा बन्द भएको थियो। साउन तेस्रो सातादेखि १० दिन सीमित रूपमा यातायात सञ्चालनमा आए पनि रसुवा बाढीपछि चिनियाँ पक्षले पुनः नाका बन्द गरेको थियो।
गत साता नेपालस्थित चिनियाँ दूतावासका उपनियोग प्रमुख चाउ फानसहित परराष्ट्र, अर्थ र वाणिज्य मन्त्रालय तथा भन्सार र सडक विभागका अधिकारीले तातोपानी सीमा क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...