नेपाल सिम रेसिङ नेसनल च्याम्पियनसिपको उपाधि जयप्रताप र कुशललाई

काठमाडौं - नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले असोज २८ र २९ गते अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा आयोजना गरेको नेपाल सिम रेसिङ नेसनल च्याम्पियनसिपको उपाधि जयप्रताप मास्के र कुशल भण्डारीले जितेका छन्।

अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन (एफआईए) को मोटरस्पोर्ट्स फन्डिङ प्रोगाम अन्तर्गतको उक्त प्रतियोगिताको सिनियर (एमेच्योर) क्याटागोरीमा जयप्रताप मास्के प्रथम र निमन शाक्य दोश्रो भए । कुल ८ जना खेलाडी सहभागी सो क्याटागोरीको फाइनल राउण्ड ‘सर्किट डे लेडेनोन’ मा खेलाइएको थियो ।

कुल आठ ल्यापको ३.१ किमी, १३ कर्नर, काउण्टर क्लकवाइजको सो ट्रयाकको प्रतिष्पर्धाको बेष्ट ल्याप १ मिनेट २२ सेकेन्डमा पुरा गरेका जयप्रतापको यो रेकर्ड यस ट्रयाकको विश्व रेकर्ड १ मिनेट ३१ सेकेन्ड भन्दा १ सेकेन्ड मात्रै पछाडि हो ।

जयप्रताप भन्दा ४ सेकेड पछाडि परेका अघिल्लो सिजनका विजेता निमन शाक्यले १ मिनेट २६ सेकेन्डमा सो दुरी पार गर्दै दोश्रो भए । जयप्रतापले १२ हजार नगद तथा निमनले ६ हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

त्यसैगरी विद्यालय÷कलेजका विद्यार्थीहरु सहभागी भएका जुनियर (रुकी) क्याटागोरीमा कुशल भण्डारी प्रथम, स्पर्श व्यान्जु द्वितीय तथा विनित महर्जन तृतीय भए । उनीहरुले क्रमशः ९ हजार, ६ हजार र ३ हजार नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

विभिन्न डिजाइन र ब्रान्डका ट्रयाक र फरम्याटमा संचालित प्रतियोगिताको रुकी फाइल भने “ओकेयामा सर्किट”मा संचालन गरिएको थियो । ३.६ किमी र ११ टर्निङको ट्रयाकमा ५ ल्यापको प्रतिस्पर्धामा कुल १६ जना प्रतिस्पर्धी थिए ।

एफआईए सर्टिफाइड एडभान्स सिम रेसिङको सिमुलेटरमा आइरेसिङ गेमिङमा नेपालमै पहिलोपटक आयोजित सो प्रतिस्पर्धाको उद्घाटन नासा नेपालका अध्यक्ष दशरथ रिसाल तथा अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख चन्द्रकुमार राईले गरेका थिए ।

प्रतियोगिताको तश्रो क्याटागोरी भेट्रान च्यालेन्ज समेत आयोजना गरिएको थियो । कुन ६ जना ड्राइभरको सहभागिता रहेको सो क्याटोगोरीमा भुषण कुमार श्रेष्ठले जित हात पारे ।

संघका अध्यक्ष दशरथ रिसाल, कार्यकारी निर्देशक गोविन्द भट्टराई, सचिव सन्तोष न्यौपाने, सह कोषाध्यक्ष कमला क्षेत्री, सल्लाहकार ठाकुर न्यौपाने, अमरज्योति रञ्जित, नासा फाउडेसनकी डा टिका ढकाल लगायतले पुरस्कार वितरण गरे ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...