स्कोडाको स्पोर्टी र टियर भेरियन्ट एपिक स्पोर्टलाइन विश्व बजारमा सार्वजनिक

स्कोडाले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी एपिकको स्पोर्टी र टियर भेरियन्ट स्कोडा एपिक स्पोर्टलाइन विश्व बजारमा सार्वजनिक गरेको छ। यसमा कम्पनीले कस्मेटिक परिवर्तन, आकर्षक ब्ल्याक एक्सटेरियर र लग्जरी सुएड ट्रिम क्याबिन समावेश गरेको छ । सो एसयूभीमा २ वटा ब्याट्री र मोटर विकल्प उपलब्ध हुनेछ । यसको ब्याट्रीले फुल चार्जमा ४४० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।

स्कोडा एपिक स्पोर्टलाइनको एक्सटेरियर डिजाइन निकै अग्रेसिभ र आकर्षक बनाइएको छ। यसमा बडी कलर फ्रन्ट र रियर बम्परको साथमा ग्लोस ब्ल्याक फिनिसका स्कोडा लेटरिङ र बेज, रूफ रेल र विङ मिरर कभर दिइएको छ। यसको फ्रन्टमा परिमार्जित एयर इन्टेक र नयाँ लाइट ब्यान्डसहितको इल्युमिनेटेड ग्रिल राखिएको छ । साथै यसमा स्ट्यान्डर्ड रूपमा १९ इन्चका ब्ल्याक अलोय ह्विल उपलब्ध छ । ग्राहकले विकल्पका रूपमा २० इन्चका ठूला ह्विलसमेत छनोट गर्न सक्नेछ ।

एपिक स्पोर्टलाइनको क्याबिनमा ब्ल्याक कलरको सुएड अपहोल्स्ट्रीयुक्त स्पोर्टी सिट, ड्यासबोर्ड ट्रिम, डोर प्याड र सेन्ट्रल आर्मरेस्ट उपलब्ध छ । यसमा फ्ल्याट बटम थ्री स्पोक स्टेयरिङ ह्विलमा स्पोर्टलाइन बेजका साथै इनर्जी रिक्युपरेशन प्याडल उपलब्ध छ । स्टेनलेस स्टिलका पेडल, ब्ल्याक हेडलाइनर र इन्फोटेनमेन्ट सिस्टममा रातो रङको ग्राफिक्स प्रयोग गरिएको छ।

स्कोडा एपिक स्पोर्टलाइनमा इलेक्ट्रिकली अडजस्टेबल र हिटेड फ्रन्ट सिट, हिटेड स्टेयरिङ ह्विल, ड्युअल जोन क्लाइमेट कन्ट्रोल, कीलेस इन्ट्री, डिजिटल की र वायरलेस फोन चार्जिङजस्ता फिचर समावेश छ । सेफ्टी र भिजिबिलिटीका लागि रियर भ्यू क्यामेरा, एलईडी म्याट्रिक्स हेडलाइट, एलईडी टेललाइट, एडास, ३६० डिग्री क्यामेरा, १० स्पिकरयुक्त क्यान्टन साउन्ड सिस्टम, अनबोर्ड नेभिगेसन र इनर्जी एफिशिएन्ट हीट पम्प जस्ता फिचर समावेश छ ।

सो एसयूभीमा ४० र ५५ गरी २ ट्रिममा उपलब्ध हुनेछ। यी दुवै संस्करणमा फ्रन्ट माउन्टेड इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ। एपिक ४० मा ३८.५ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ, जसले १३३ बीएचपीको पावर र २६७ एनएम टर्क उत्पादन गर्छ। यसले फुल चार्जमा ३१० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।

त्यस्तै, एपिक ५५ मा ५५ किलोवाट आवर क्षमताको ठूलो ब्याट्री दिइएको छ, जसले २०८ बीएचपीको पावर र २९० एनएम टर्क उत्पादन गर्छ। यसले फुल चार्जमा ४४० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ । यसले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ७.१ सेकेन्डमा हासिल गर्न सक्ने कम्पनीको दाबी छ।

चार्जिङका लागि दुवै संस्करणमा डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ। उपयुक्त चार्जर प्रयोग गर्दा ब्याट्रीलाई १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब २४ मिनेट लाग्ने कम्पनीको दाबी छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...