देशभर २३ सय चार्जिङ स्टेसन
काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोग तीव्र रूपमा बढेसँगै...
भारतीय बजारमा सेप्टेम्बर महिनामा दर्ता भएका इलेक्ट्रिक कारको तथ्याङ्क सार्वजनिक भएको छ। सेप्टेम्बर २०२६ मा टाटा मोटर्सले ईभी बजारमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ। टाटा पन्च ईभी सबैभन्दा धेरै दर्ता हुने इलेक्ट्रिक कार बनेको छ भने महिन्द्राको एक्सईभी ९एस दोस्रो स्थानमा रहेको छ।
सेप्टेम्बर महिनाको टप ८ इलेक्ट्रिक कारको सूचीमा टाटा मोटर्सका ५ मोडेल परेको छ । महिन्द्राका २ मोडल र जेएसडब्ल्यू एमजी मोटरको १ मोडल सूचीमा समावेश छ।
टाटा पन्च ईभी : टाटा पन्च ईभी सेप्टेम्बर २०२६ मा भारतमा सबैभन्दा धेरै दर्ता हुने इलेक्ट्रिक कार बनेको छ। सो महिनामा यसका ४ हजार ७०२ युनिट दर्ता भएको छ । कम्प्याक्ट एसयूभी डिजाइन, ग्राउन्ड क्लियरेन्स र सहरी यात्राका लागि उपयुक्त आकार यसका प्रमुख आकर्षण हुन्।
महिन्द्रा एक्सईभी ९एस : महिन्द्राको एक्सईभी ९एस ले ४ हजार ६३६ युनिट दर्तासहित दोस्रो स्थान हासिल गरेको छ। थ्री रोको सिट व्यवस्था भएको सो इलेक्ट्रिक एसयूभीले ठूलो परिवारका ग्राहकलाई लक्षित गरेको छ। फराकिलो क्याबिन, प्रिमियम फिचर र इलेक्ट्रिक पावरट्रेन यसको मुख्य आकर्षण हुन्।
टाटा नेक्सन ईभी : टाटा नेक्सन ईभीले सेप्टेम्बरमा ३ हजार ९२६ युनिट दर्ता गराएको छ। भारतीय बजारमा लामो समयदेखि परिचित सो मोडलले आफ्नो डिजाइन र सेफ्टी फिचरले यसले आफ्नो लोकप्रियता कायम राखेको छ।
एमजी विन्डसर ईभी : जेएसडब्ल्यू एमजी मोटरको विन्डसर ईभीले ३ हजार ३०० युनिट दर्तासहित चौथो स्थान हासिल गरेको छ। सो इलेक्ट्रिक कारमा फराकिलो क्याबिन, आरामदायी सिट र १५.६ इन्चको टचस्क्रिन रहेको छ ।
महिन्द्रा एक्सईभी ९ई : महिन्द्रा एक्सईभी ९ई ले सेप्टेम्बरमा १ हजार ९७५ युनिट दर्ता गराएको छ। महिन्द्राको नयाँ पुस्ताको इलेक्ट्रिक सवारी पोर्टफोलियोमा सो मोडलले प्रिमियम डिजाइन र प्रविधि चाहने ग्राहकलाई लक्षित गरेको छ।
टाटा सिएरा ईभी : टाटा सिएरा ईभीले १ हजार ९०८ युनिट दर्तासहित छैटौँ स्थानमा रहेको छ । नियो रेट्रो डिजाइन, ठूलो ग्लास एरिया र आधुनिक क्याबिनले यसलाई निकै आकर्षक बनाएको छ ।
टाटा कर्भ ईभी : टाटा कर्भ ईभीले सेप्टेम्बरमा १ हजार ५३६ युनिट दर्ता गराएको छ। कुपे रुफलाइन, आकर्षक बाहिरी बनावट र आधुनिक फिचर यसका विशेषता हुन्।
टाटा ह्यारियर ईभी : टाटा ह्यारियर ईभीले १ हजार ४५२ युनिट दर्तासहित शीर्ष आठको सूची पूरा गरेको छ। टाटा मोटर्सको प्रिमियम इलेक्ट्रिक एसयूभीका रूपमा रहेको यसमा अल ह्विल ड्राइभको विकल्प, शक्तिशाली ड्युअल मोटर पावरट्रेन र विभिन्न आधुनिक प्रविधि उपलब्ध छन्।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...