५ दिनपछि लन्च हुँदै नयाँ एट्टो१ : साइज, पावरट्रेन र फिचरमा ब्यापक परिवर्तन

बीवाईडीको दोस्रो पुस्ताको लोकप्रिय विद्युतीय कार एट्टो१(चिनियाँ बजारमा सिगल) आगामी अक्टोबर २० तारिखका दिन सार्वजनिक हुने भएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय बजारमा डलफिन मिनी र सर्फ नामले पनि चिनिने यस गाडीको प्रि–अर्डर यसअघि नै खुलिसकेको थियो ।

नयाँ संस्करणमा यसको बनावटलाई अझ फराकिलो बनाइएको छ भने उच्च तहको इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम अन्तर्गत लिडार प्रविधि जडान गरिएको छ ।

बाहिरी डिजाइनको कुरा गर्दा यो नयाँ गाडी ६ वटा आकर्षक रङ विकल्पमा उपलब्ध हुनेछ । अग्र भागमा क्लोज्ड ग्रिल डिजाइन राखिएको नयाँ एट्टो१ मा शार्प लाइन र बहुभुजाकार लाइट क्लस्टर राखिएका छन् ।

कारको रुफमा लिडार सेन्सर राखिएको छ, जसले यसको एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टमको क्षमतालाई थप बढाएको छ ।

यो नयाँ मोडल हालको संस्करणभन्दा ठूलो छ । यसको लम्बाई ४,२०५ मिलिमिटर, चौडाइ १,८१० मिलिमिटर, उचाइ १,५७० मिलिमिटर र ह्वीलबेस २,६५० मिलिमिटर रहेको छ । पुरानो मोडलको तुलनामा यो नयाँ गाडी ४२५ मिलिमिटर लामो छ भने यसको ह्वीलबेस १५० मिलिमिटरले बढाइएको छ ।

गाडीभित्रको क्याबिनलाई पूर्ण रूपमा पुनर्संरचना गरिएको छ । ड्यासबोर्डमा ठूलो सेन्ट्रल टचस्क्रिन राखिएको छ भने परम्परागत इन्स्ट्रुमेन्ट क्लस्टर हटाइएको छ । यद्यपि, प्रयोगमा सहजताका लागि केही भौतिक बटनहरूलाई निरन्तरता दिइएको छ ।

पावरट्रेनकोको कुरा गर्नुपर्दा यो कार ३० किलोवाट आवर र ३९.२ किलोवाट अवारको ब्याट्री प्याकमा उपलब्ध हुनेछ । दुबै भेरियन्टमा ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको एट्टो१ ले एकपटकको फुल चार्जमा ३४४ किलोमिटर(डब्लूएलटीपी) सम्म रेन्ज दिने दाबी गरिएको छ ।

आजको ५ दिनपछि लन्च हुँदै गरेको यो नयाँ कार निकट भविष्यमा नेपाली बजारमा समेत उपलब्ध हुने अपेृक्षा गर्न सकिन्छ । नेपाली बजारमा आएपछि यसले हालको एट्टो१ लाई प्रतिस्थापन गर्नेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...