युरोपभर फ्ल्यास चार्जर विस्तार गर्ने बीवाईडीको योजना
काठडमौं–बीवाइडीले युरोपभर फ्ल्यास चार्जर जडान गर्ने योजना बनाएको छ ।...
बीवाईडीले पेरिस अटो शोमा नयाँ फ्ल्यागशिप ७ सिटर इलेक्ट्रिक एसयूभी एट्टो८ सार्वजनिक गरेको छ। चीनमा यसलाई बीवाईडी ट्याङ एल नाम राखिएको छ । रिपोर्टका अनुसार सो एसयूभीको ब्याट्री १० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज गर्न केवल ९ मिनेट लाग्छ।
एट्टो८ मा कम्पनीको दोस्रो पुस्ताको एलएफपी ब्लेड ब्याट्री प्रयोग गरिएको छ। यसमा ११५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध रहेको छ। यसमा जडान गरिएको इलेक्ट्रिक मोटरले अधिकतम ७६४ एचपीको पावर र ७७५ एनएम टर्क उत्पादन गर्नेछ । यसले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल ४.६ सेकेन्डमा हासिल गर्न सक्छ। यसको टप स्पिड २४० किलोमिटर प्रतिघण्टा रहेको छ।
सो ब्याट्री फुल चार्जमा ६५३ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ। यसको ब्याट्रीलाई १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज गर्न ५ मिनेट र ९७ प्रतिशतसम्म चार्ज गर्न ९ मिनेट लाग्ने कम्पनीको दाबी छ । अत्यधिक चिसो मौसममा समेत चार्जिङ समय तुलनात्मक रूपमा कम रहने दाबी गरिएको छ। माइनस ३० डिग्री सेल्सियस तापक्रममा पनि सामान्य अवस्थाको तुलनामा चार्जिङ समय करिब ३ मिनेट मात्र बढ्ने बताइएको छ।
सो एसयूभीको लम्बाइ ५०४० एमएम, चौडाइ १९९६ एमएम र उचाइ १७६० एमएम रहेको छ। यसको ह्विलबेस २९५० एमएम छ। युरोपेली बजारमा यसलाई २+३+२ सिट व्यवस्थासहित ७ सिटर विकल्पमा उपलब्ध गराइनेछ। यसको फ्रन्टमा १३६ लिटर क्षमताको फ्रङ्क उपलब्ध छ, जसलाई बोनेटमा डबल ट्याप गरी खोल्न सकिनेछ। साथै यसमा प्रोजेक्सन एक्टिभेटेडपावर टेलगेटको सुविधा पनि दिइएको छ।
रिपोर्टका अनुसार सो एसयूभी युरोपमा सन् २०२७ को पहिलो त्रैमासिकदेखि बिक्री सुरु हुने अपेक्षा गरिएको छ। युरोपेली बजारका लागि यसको मूल्यको बारेमा आधिकारिक घोषणा भइसकेको छैन। चीनमा भने यसको मूल्य २ लाख २२ हजार ८०० देखि २ लाख ७२ हजार ८०० युआनसम्म रहेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...