घटस्थापनाको दिनमा २७ भन्दा बढी जेसीबी मेसिन हस्तान्तरण
काठमाडौं – नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले...
मोटरसाइकल चलाउँदा चेनबाट असामान्य आवाज आइरहेको छ भने त्यसलाई सामान्य समस्या ठानेर बेवास्ता गर्नु हुँदैन । चेन मोटरसाइकलको इन्जिनको पावर पछाडिको पाङ्ग्रासम्म पुर्याउने महत्त्वपूर्ण हिस्सा हो। चेनमा धुलो तथा फोहोर जम्मा हुनु, लुब्रिकेन्टको कमी, चेन र स्प्रोकेटमा अत्यधिक घिसावट हुनुले यस्तो आवाज निम्त्याउन सक्छ। समयमै समस्या पहिचान गरी मर्मत नगरेमा चेन र स्प्रोकेट दुवैमा क्षति पुग्न सक्छ।
मोटरसाइकलको चेनबाट आवाज आउनुको कारण पत्ता लगाउन सबैभन्दा पहिले यसको सफाइ र लुब्रिकेसन जाँच गर्नुपर्छ। त्यसपछि चेनको टेन्सन र स्प्रोकेटको अवस्था निरीक्षण गर्नुपर्छ। यी तीन पक्षमा ध्यान दिँदा सामान्य समस्यालाई समयमै समाधान गर्न र महँगो मर्मत खर्चबाट बच्न सकिन्छ।
मोटरसाइकलको चेन सडकको धुलो, माटो, पानी र अन्य फोहोरको निरन्तर सम्पर्कमा रहन्छ। लामो समयसम्म सफा नगर्दा चेनमा फोहोर र पुरानो लुब्रिकेन्ट जम्मा हुन सक्छ। त्यस्तै, पर्याप्त लुब्रिकेसन नहुँदा चेनका लिङ्कहरूबीच घर्षण बढ्छ, जसले गर्दा चेनबाट आवाज आउन सक्छ र यसको घिसावट पनि तीव्र हुन सक्छ। यस्तो अवस्थामा चेनको अवस्था निरीक्षण गरी आवश्यक परे उपयुक्त चेन क्लिनरको सहायताले सफा गर्नुपर्छ। सफाइपछि मोटरसाइकल चेनमा लुब्रिकेन्ट प्रयोग गर्नुपर्छ। नियमित सफाइ र सही लुब्रिकेसनले चेनको आयु बढाउन मद्दत गर्छ।
चेन सफा गर्दा जहिले पनि इन्जिन बन्द राख्नुपर्छ र पछाडिको पाङ्ग्रा घुमाएर सफा गर्ने क्रममा हात वा औँला चेन तथा स्प्रोकेटको बीचमा पर्न दिनु हुँदैन। चेन सफा गर्न वा लुब्रिकेट गर्न इन्जिन चलाएर पाङ्ग्रा घुमाउनु जोखिमपूर्ण हुन्छ।
मोटरसाइकलको चेनबाट आवाज आउनुको अर्को प्रमुख कारण अनुचित लुज हुनु हो। चेन धेरै खुकुलो हुँदा चलिरहेको अवस्थामा हल्लिन सक्छ र स्विङआर्म वा अन्य भागमा ठोक्किन सक्छ। यसले आवाज निकाल्नुका साथै चेन स्प्रोकेटबाट फुत्किने जोखिमसमेत बढाउँछ। अर्कोतर्फ, चेन अत्यधिक कसिएको अवस्थामा चेन, स्प्रोकेट, गियरबक्सको आउटपुट सापट र पछाडिको ह्विल बेयरिङमा अनावश्यक दबाब पर्न सक्छ।
चेन सफा र लुब्रिकेट गरेपछि पनि असामान्य आवाज आइरहन्छ भने समस्या सामान्य फोहोर वा लुब्रिकेसनको कमीमा मात्र सीमित नहुन सक्छ। चेनमा खिया लाग्नु, स्प्रोकेट घिसिनु वा चेनको लुज हुनु यसको कारण हुन सक्छ। सवारी चलाउँदा झट्का लाग्ने, चेन असमान रूपमा चल्ने वा ठूलो खटखट आवाज आउने समस्या देखिएमा थप सावधानी अपनाउनुपर्छ।
मोटरसाइकलको चेन र स्प्रोकेट लामो समयसम्म राम्रो अवस्थामा राख्न नियमित मर्मतसम्भार आवश्यक हुन्छ। चेनबाट असामान्य आवाज आउनेबित्तिकै कारण पत्ता लगाई सही लुब्रिकेन्ट प्रयोग गर्नुपर्छ । सामान्य देखिने चेनको समस्यालाई समयमै समाधान गर्दा अनावश्यक मर्मत खर्च घटाउन सकिन्छ र मोटरसाइकलको सुरक्षित राख्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...