फक्सवागनद्वारा युरोपमा नयाँ आईडी डट टिगुआन इलेक्ट्रिक एसयूभी सार्वजनिक, सन् २०२७ मा विश्वव्यापी लन्च गर्ने

फक्सवागनले युरोपेली बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रिक एसयूभी आईडी डट टिगुआन सार्वजनिक गरेको छ। सो इलेक्ट्रिक एसयूभी सन् २०२७ मा विश्वव्यापी रूपमा लन्च गर्ने योजना बनाइएको छ। कम्पनीले यसमा रियर ह्विल ड्राइभ र अल ह्विल ड्राइभ दुवै विकल्प उपलब्ध गराउनेछ ।

नयाँ आईडी डट टिगुआनमा ५८ किलोवाट आवर र ७७ किलोवाट आवर क्षमताका ब्याट्री प्याक विकल्प दिइनेछ। ठूलो ब्याट्रीले फुल चार्जमा ६०० किलोमिटरसम्म रेन्ज दिन सक्ने कम्पनीको दाबी छ। इलेक्ट्रिक मोडल सार्वजनिक भए पनि पेट्रोल र डिजेल इन्जिनयुक्त टिगुआनको बिक्री भने जारी रहनेछ।

नयाँ आईडी डट टिगुआनमा फक्सवागनका अघिल्ला इलेक्ट्रिक क्रसओभरको तुलनामा बढी मस्कुलर र स्पोर्टी डिजाइन अपनाइएको छ। यसको फ्रन्टमा आकर्षक एलईडी हेडलाइट, कनेक्टेड डेलाइट रनिङ लाइट र इल्यूमिनेटेड भीडब्ल्यु लोगो समावेश गरिएको छ। यसको रियरमा कनेक्टेड एलईडी टेललाइट, नयाँ रियर स्पोइलर र डिफ्युजर शैलीको बम्पर राखिएको छ। सो एसयूभीमा ५३४ लिटर क्षमताको बुट स्पेस उपलब्ध हुनेछ। साथै फ्रन्टमा ३२ लिटर क्षमताको फ्रंक पनि दिइएको छ।

आईडी डट टिगुआनको ड्यासबोर्डमा १५ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, १० इन्चको डिजिटल ड्राइभर डिस्प्ले र १२ इन्चको प्यासेन्जर स्क्रिन उपलब्ध हुनेछ । फक्सवागनले यसमा टच कन्ट्रोलको सट्टा एसी र स्टेयरिङ व्हिलमा फिजिकल बटन दिएको छ। यसलाई प्रयोग गर्न सहज र सेफ्टीका लागि पनि उपयोगी हुनेछ । क्याबिनलाई थप प्रिमियम बनाउन प्यानोरामिक सनरुफ, १३ स्पिकरयुक्त हर्मन कार्डन साउन्ड सिस्टम, मसाज र भेन्टिलेसन सुविधासहितका फ्रन्ट सिट र वायरलेस चार्जर उपलब्ध गराइनेछ। साथै यसमा एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम पनि समावेश गरिनेछ। यसमा भेहिकल टु लोड प्रविधि पनि उपलब्ध हुनेछ।

कम्पनीको सो एसयूभी एमईबी प्लस प्लेटफर्ममा आधारित हुनेछ। यसको ५८ किलोवाट आवर क्षमताको ब्याट्री प्याकसहितको रियर ह्विल ड्राइभ संस्करणले १९० एचपी पावर उत्पादन गर्नेछ। त्यस्तै, ७७ किलोवाट आवर क्षमताको ब्याट्री प्याक भएको संस्करण रियर ह्विल ड्राइभ तथा अल ह्विल ड्राइभ दुवै विकल्पमा उपलब्ध हुनेछ। यसको रियर ह्विल ड्राइभ संस्करणले २८६ एचपी र अल ह्विल ड्राइभ संस्करणले २९९ एचपीसम्मको पावर उत्पादन गर्नेछ।फक्सवानको सो इलेक्ट्रिक कारले २ टन तौल उठाउन सक्षम हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...