गलौदी क्षेत्रमा ९ बजेदेखि एकतर्फी सवारी आवागमन सञ्चालन गरिने

काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत गजुरी नजिकै काठमाडौंतर्फ पर्ने गलौदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिएकाले हाल सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक विभागले अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन भित्तापट्टिको भाग कटान (ब्याक कटिङ) गरी सडक विस्तार गर्ने कार्य तीव्र गतिमा अघि बढाइरहेको छ।

विभागले आज राति ९ बजेदेखि एकतर्फी सवारी आवागमन सञ्चालन गर्ने योजना बनाएको छ । त्यसपछि भोलि बिहान ७ बजेदेखि दुईतर्फी सवारी सञ्चालनका लागि आवश्यक सडक विस्तारको काम शुरू गरिनेछ ।

मौसम तथा अन्य परिस्थिति सामान्य रहेमा भोलि साँझ ६ बजेसम्म सडक विस्तारको कार्य सम्पन्न गरी दुईतर्फी सवारी आवागमन सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

सडक विभागले उपलब्ध जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी सडक यथाशीघ्र सुरक्षित रूपमा सञ्चालनमा ल्याउन निरन्तर प्रयास गरिरहेको  जनाएको छ।

सडक पुनः सञ्चालन नभएसम्म अनावश्यक यात्रा नगर्न तथा सम्बन्धित निकायबाट जारी हुने सूचना र ट्राफिक व्यवस्थापनसम्बन्धी निर्देशन पालना गरी सहयोग गरिदिन समेत सम्पूर्ण यात्रु तथा सवारी चालकहरूमा सडक विभागले अनुरोध गरेको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...