शिक्षकका लागि सवारीसाधन खरिदमा ब्याज सहुलियतको प्रस्ताव

काठमाडौँ — सरकारले विभिन्न तह र श्रेणीमा कार्यरत शिक्षकहरूलाई सवारीसाधन खरिद गर्दा लाग्ने ब्याजमा सहुलियत दिने तयारी अघि बढाएको छ ।

शिक्षा मन्त्रालयले यस सम्बन्धी आवश्यक कानुनी प्रबन्ध मिलाउन शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ तयार गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको हो ।

प्रस्तावित नयाँ व्यवस्था अनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मका गाडी खरिद गर्न पाउनेछन् । त्यसैगरी, माध्यमिक तह तृतीय श्रेणीका साथै निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकका लागि ४ लाखसम्मको मोटरसाइकल तथा स्कुटर खरिद गर्न पाउने सीमा तोकिएको छ ।

बैंकमार्फत किस्ताबन्दीमा सवारीसाधन खरिद गर्दा लाग्ने कुल ब्याजको ८० प्रतिशत रकम नेपाल सरकारले सहुलियत स्वरूप व्यहोर्नेछ भने बाँकी २० प्रतिशत रकम सम्बन्धित शिक्षक स्वयंले व्यवस्थापन गर्नुपर्नेछ ।

शिक्षक सेवामा बहाल रहँदासम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याजमा सरकारले यो अनुदान सुविधा निरन्तर उपलब्ध गराउने नियमावलीमा उल्लेख छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...