ईभीकै कारण दैनिक ६ लाख युनिट विद्युत खपत हुने गरेको खुलासा, हालको पूर्वाधार ट्रेलर मात्र

काठमाडौं - नेपालमा विद्युतीय सवारी अर्थात ईभीको प्रयोग बढ्दै जादा दैनिक ६ लाख युनिट ईभी खपत हुने गरेको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले आयोजना गरेको ‘पोलिसी डायलग अन ईभिजन नेपालः ड्राइभिङ द फ्युचर’ को सन्दर्भमा बोल्दै नेपाल विद्युत प्राधिकरण अन्तर्गतको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजना प्रमुख सागरमणि ज्ञवालीले सो तथ्य प्रस्तुत गरे ।

नेपालमा सन् २०१७ तिर चार्जिङ स्टेसनको वारेमा खासै चर्चा समेत नभएको र २०१८ मा प्राधिकरणले चार्जिङ स्टेसन बनाउने घोषणा गरेको उनले स्मरण गरे । पूर्वाधारको अभाव र नेपालमा धेरै ईभी आउने सम्भावना देखिएको सन्दर्भमा त्यो समयमासमेत निजी क्षेत्रबाट धेरै कार्य भएका थिए ।

हाल नेपालभर साना ठूला गरी २ हजार ५ सय स्टेसन रहेको उनले बताए । पूर्व पश्चिम र मेजर हाइवे सबैमा स्टेसन पुगिसकेका छन् । यसकारण अब रेन्ज एन्जाइटी छैन । जुम्लामा समेत चार वटा स्टेसन भएको र मनाङ मुस्ताङमा समेत यस्ता स्टेसनको कमी नभएको उनले बताए । पहिले १५ किलोवाटको चार्जिङ स्टेसनलाई फास्ट चार्जर भनिने गरेकोमा अहिले १२० किलोवाटकोलाई समेत फास्ट चार्जर भन्न नसकिने अवस्था आउदै गरेको उनले बताए ।

नेपालमा हाल हुवावेले विकास गरेको पछिल्लो प्रविधिको चार्जर लगायतका विभिन्न विकसित प्रविधि रहेको अवस्थामा समेत यसैलाई पर्याप्त भन्न नसकिने उनले बताए । अहिले भइरहेको पूर्वाधार विशेष गरी लामो दूरीमा चल्ने माइक्रोबस जस्ता ईभीका लागि मात्र पर्याप्त भएको उनले बताए ।

आगामी दिनमा बसको प्रयोग धेरै हुन थाल्यो भने त्यही अनुसार पूर्वाधार बढाउनु पर्ने आवश्यकता हुनेछ । एउटा बस बराबर १० साना ईभीले विद्युत खपत गर्छन् ।

अब अहिलेका स्टेसनहरु भविष्यमा सबस्टेसनको रुपमा हुने र अबका हरेक बसपार्क चार्जिङ स्टेसन विना सम्भव नहुने उनले बताए । नेपाल विद्युत प्राधिकरणका साना चार्जिङ युनिटले लिड गरेर यहाँ सम्म आइपुगेको अवस्थामा अब यो मान्यतालाई परिवर्तन गर्नुपर्ने अवस्था आएको उनले बताए । इन्टरसिटी बस कनेक्सनको आवश्यकता बढ्दै गएको र यसलाई व्यवहारमा लागु गर्नुपर्ने उनको भनाइ छ ।

हाल दैनिक ६ लाख युनिट विद्युत ईभीहरुमा खपत भइरहको छ । यसको अर्थ करिव दैनिक ५ लाख लिटर पेट्रोल डिजेलको बचत भइरहेको छ । यसबाट दैनिक ३, ४ सय युनिट कार्वन उत्सर्जनमा कमी आएको छ ।

ज्ञवालीले भने, ‘तर यो पूर्वाधार अहिले एक प्रकारको ट्रेलर मात्र हो । भविष्यमा इन्टरसिटी बस कनेक्सन भयो भने यो पूर्वाधार धेरै सानो हुन्छ । एक बस बराबर १० कार चार्ज गर्न सकिने क्षमता हुन्छ । यस अनुसार सबै स्थानमा ईभी बस चल्न थाले भने हालको स्टेसन सब स्टेसन हुनेछ । हामी त्यसका लागि तयार छौ कि छैनौ भन्ने कुरा मुख्य हो । विद्युत प्राधिकरणको सानो चार्जिङ युनिटले लिड गरेर यहाँ सम्म आइपुगेको अवस्था छ । अब यसलाई परिमार्जन गर्नुपर्ने आवश्यकता छ ।’

उनका अनुसार यस अनुसार चार्जिङ पूर्वाधार र अन्य गुड्स हो कि सर्भिस हो भन्ने नै कन्फ्युजन छ । यो सबै क्लियर नभए सम्म यो सेक्टर अगाडि बढ्न सक्दैन । यसलाई क्वालिटीमा बाँध्ने काम सरकारको हो र यो बनाउनु आवश्यक छ । भविष्यमा यसका लागि अगाडि बढ्नु पर्ने आवश्यकता छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...