बाढीपहिरोले लुम्बिनीका १८ सडकखण्ड अवरुद्ध

रुपन्देही - तीन दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो र गेग्रानका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १८ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले असोज ११ गते बिहान विवरण सार्वजनिक गर्दै पाल्पा, गुल्मी, प्युठान, रोल्पा र अर्घाखाँचीका सडकखण्ड अवरुद्ध रहेको जनाएको हो । प्रहरीको विवरणअनुसार गुल्मीका सात, पाल्पाका पाँच, प्युठानका तीन, रोल्पाका दुई र अर्घाखाँचीको एक सडकखण्ड अवरुद्ध छन् ।

गुल्मीमा कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्से, रुद्रबेनी–वामीटक्सार सडकखण्डअन्तर्गत चन्द्रकोट गाउँपालिका–७ सिस्नेभिर, मदन भण्डारी सहायक राजमार्गअन्तर्गत छत्रकोट गाउँपालिका–३ शृङ्गा देउराली, तम्घास–रिडी सडकखण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–१० सिमिचौर, रिडी–वामीटक्सार सडकखण्डअन्तर्गत चन्द्रकोट गाउँपालिका–८ सोता, गुल्मी–स्याङ्जा सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ हर्मीचौर र पुर्तिघाट–पुर्तिघाट सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाटमा सडक अवरुद्ध भएको प्रहरीको विवरणमा उल्लेख छ ।

पाल्पामा रामपुर–आर्यभञ्ज्याङ सडकखण्ड, कालीगण्डकी करिडोरअन्तर्गत रामपुर नगरपालिका–१, सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५, सिद्धार्थ राजमार्गको बुटवल–पोखरा सडकखण्डअन्तर्गत तानसेन क्षेत्र र रामपुरदेखि पिपलडाँडा हुँदै जाने सडकखण्डअन्तर्गत रम्भा गाउँपालिका–१ असर्दीमा सडक अवरुद्ध छ ।

प्युठानमा बाग्दुला–बाहाने सडकखण्डअन्तर्गत नौबहिनी गाउँपालिका–६ बाग्दुला, बाहाने–खवाङ सडकखण्डअन्तर्गत नौबहिनी गाउँपालिका–६ लाखाचौर र भालुवाङ–प्युठान सडकखण्डअन्तर्गत माण्डवी गाउँपालिका–१ कुडुलेमा सडक अवरुद्ध भएको छ ।

त्यस्तै, रोल्पामा शहीदमार्गअन्तर्गत रोल्पा नगरपालिका–६ ललामाडा र घोराही–होलेरी सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१३ बाहुनकुनेमा सडक बन्द छ । अर्घाखाँचीको गोरुसिङ्गे–अर्घाखाँची सडकखण्डअन्तर्गत शितगंगा नगरपालिका–४ ठाडा क्षेत्रमा पनि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडकखण्डमध्ये केही स्थानमा सडक खुलाउने काम भइरहेको भए पनि लगातार वर्षा भइरहेकाले तत्काल यातायात सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको छ । प्रहरीको विवरणमा अधिकांश सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको उल्लेख छ ।

भारी वर्षाका कारण पहाडी क्षेत्रमा थप पहिरो र बाढीको जोखिम रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न तथा यात्रा गर्नुपरे सम्बन्धित सुरक्षा निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...