फक्सवागनका पूर्व डिजाइन प्रमुखले तयार पारेको निभो क्यू०६ को बिक्री सुरु, रेन्ज र मूल्य कति ?

काठमाडौँ–चांगनले आफ्नो नयाँ इलेक्ट्रिक एसयुभी ‘निभो क्यू०६’ लाई चिनियाँ बजारमा बिक्री खुला गरेको छ । कम्पनीले यसको मूल्य २० हजार ८८० अमेरिकी डलर तोकेर बिक्री सुरु गरेको हो ।

फक्सवागनका पूर्व डिजाइन प्रमुख क्लाउस जिचियोराको नेतृत्वमा तयार पारिएको यो गाडी ब्याट्री इलेक्ट्रिक र एक्सटेन्डेड रेन्ज इलेक्ट्रिक गरी दुई पावरट्रेन विकल्पमा उपलब्ध छ । यसको बाहिरी बनावटमा स्पिलिट हेडलाइट, सेमी हिडन डोर ह्यान्डल र २० इन्चको ह्विल दिइएको छ ।

गाडीको भित्री भाग अत्यन्तै आधुनिक र मिनिमलिस्टिक छ, जहाँ १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन, हेड–अप डिस्प्ले, वायरलेस फोन चार्जर, र १४५ डिग्री पावर रिक्लाइनसहित २८ पोइन्ट मसाज सिट जस्ता उन्नत सुविधाहरू राखिएका छन् ।

चांगनले यो एसयुभीमा २५६ लाइनको लिडार सेन्सर, ११ वटा क्यामेरा र तीनवटा मिलिमिटर वेभ राडार उपलब्ध गराएको छ । यस प्रविधिले १३५ किमी प्रतिघण्टाकाे गतिमा पनि गाडीलाई स्वतः रोक्न सक्ने अटोमेटिक इमर्जेन्सी स्टेयरिङ क्षमता प्रदान गर्दछ ।

कारमा ६६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, एकपटकको फुल चार्जमा ४९४ किलोमिटर(डब्लूएलटीपी) रेन्ज दिने दाबी गरिएको छ । यो कार आगामी दिनमा नेपाली बजारमा समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...