फेरि बढयो बजाज चेतक इलेक्ट्रिक स्कुटरको मूल्य, अब कति ?
काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...
काठमाडौं – विद्युतीय पिकअप ब्रान्ड रिडाराले दसैं तथा चाडपर्वलाई लक्षित गर्दै ‘फेस्टिभ एड्भेन्चर्स अवेट’ अभियान सार्वजनिक गरेको छ। जिली अटो ग्रुपअन्तर्गतको रिडाराले अभियानमार्फत रिडारा इकोन इलेक्ट्रिक पिकअप खरिद गर्ने प्रत्येक ग्राहकलाई नथिङ फोन ए४ प्रो पक्का उपहार दिने जनाएको छ।
कम्पनीका अनुसार अभियानमा सहभागी ग्राहकले बम्पर पुरस्कारका रूपमा हिरो एक्सपल्स प्रो मोटरसाइकल जित्ने अवसरसमेत पाउनेछन्। चाडपर्वको अवसरमा ग्राहकलाई थप आकर्षक बनाउने उद्देश्यले अभियान ल्याइएको कम्पनीले जनाएको छ।
रिडारा इकोनलाई दैनिक आवतजावत, व्यावसायिक प्रयोजन तथा साहसिक यात्रालाई लक्षित गरी तयार गरिएको कम्पनीको भनाइ छ। इकोन ४×४ मा २२५ एमएमको न्यूनतम ग्राउन्ड क्लियरेन्स, ४८५ एनएमको पिक टर्क तथा १,२३५ किलोग्रामसम्मको भारवहन क्षमता रहेको छ।
यी विशेषताका कारण पिकअपलाई सहरी सडकदेखि राजमार्ग, उकालो बाटो तथा चुनौतीपूर्ण भूभागमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। सुरक्षातर्फ इकोनमा ब्याट्री सुरक्षाका ६ वटा प्रमुख प्रविधि तथा आईपी६८ रेटिङ भएको ब्याट्री प्याक उपलब्ध छ। यसले धुलो तथा पानीबाट ब्याट्रीलाई सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ।
इकोनमा फराकिलो क्याबिन तथा उपयोगी कार्गो स्पेस उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसका कारण व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि पिकअप उपयोगी हुने कम्पनीको भनाइ छ।
‘फेस्टिभ एड्भेन्चर्स अवेट’ अभियान असोज ६ गतेदेखि कात्तिक २९ गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। अभियानमा अन्य नियम तथा सर्तहरू पनि लागू हुनेछन्।
अभियानसम्बन्धी थप जानकारीका लागि ग्राहकले ९८०२३४१८२० वा ९७०७०९४१८६ मा सम्पर्क गर्न सक्ने छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...