सुजुकी बलेनोमा अव लेभल–२ एडास, भेन्टिलेटेड सिट र नयाँ इन्जिन
मारुती सुजुकीले आफ्नो लोकप्रिय प्रिमियम ह्याचब्याक बलेनोको नयाँ मोडल...
काठमाडौँ–सुजुकीले युवा पुस्तामाझ निकै लोकप्रिय मानिएको आफ्नो जिक्सर बाइक सिरिजको अपडेटेड भर्सन भारतीय बजारमा सार्वजनिक गरेको छ ।
कम्पनीले १५५ सिसी र २५० सिसी दुवै भर्सनका मोडललाई नयाँ र आकर्षक रङको संयोजनसहित बजारमा उतारेको हो । यो नयाँ सिरिजको सुरुवाती मूल्य १ लाख ३७ हजार २२१ भारु निर्धारण गरिएको छ ।
कम्पनीका अनुसार बाइकको मुख्य इन्जिन तथा मेकानिकल बनावटमा कुनै परिवर्तन गरिएको छैन, तर सडकमा अझ बढी ध्यान खिच्नका लागि नयाँ ‘कलर स्किम’ थप गरिएको छ ।
१५५ सिसी क्षमताका जिक्सर र जिक्सर एसएफ अब मेटालिक ओर्ट ग्रे प्लस पर्ल बलेज अरेन्जको आकर्षक डुअल रङ संयोजनमा पाइनेछन् ।
त्यसैगरी, शक्तिशाली २५० सिसीका जिक्सर र जिक्सर एसएफ २५० मोडलहरू ग्लस स्पार्कल ब्ल्याक प्लस मेटालिक ओर्ट ग्रे रङमा उपलब्ध हुनेछन् भने एसएफ २५० एफएफभी भेरियन्ट भने क्लासिक ग्लस स्पार्कल ब्ल्याक अवतारमा बिक्रीका लागि खुला गरिएको छ ।
नयाँ अवतारमा आए पनि सुजुकीले जिक्सरको स्थापित पर्फर्मेन्सलाई निरन्तरता दिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...