नाडा अटो शोमा बीवाईडीको आकर्षण : एट्टो२ सुपेरियर, सिलायन७ र शार्क६
बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले जारी नाडा अटो...
काठमाडौं–काठमाडौँमा अटोमोबाइल व्यवसायको कुम्भ मेला ‘नाडा अटो शो २०२६’ चलिरहँदा अटोमोबाइल क्षेत्रमा ठूलो महाविपत्ति आइपरेको छ ।
चिनियाँ भूभागमा हिमपहिरो खसेर थुनिएको नदी एक्कासी फुट्दा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीले भोटेकोशी र रसुवा नाकामा रहेका करिब ८ सयभन्दा बढी नयाँ सवारीसाधन र सयौँ कन्टेनर बगाएको छ ।
दशैँ र तिहारजस्ता ठूला चाडपर्वलाई लक्षित गरी व्यवसायीले मगाएका अर्बौं रुपैयाँ बराबरका सवारी साधन, दैनिक उपभोग्य वस्तु र विभिन्न सामग्रीहरु बाढीको चपेटामा परेका हुन् ।
भोटेकोशीमा आएको बाढीले भन्सार यार्ड र त्यस वरपर पार्किङ गरी राखिएका करिब ८ सयवटा सवारी साधन र सयभन्दा बढी (झण्डै २ सय) कन्टेनर बगाएको भन्सार स्रोतले पुष्टि गरेको छ ।
प्रारम्भिक अनुमानअनुसार बाढीले बीवाईडीका २०० हाराहारी, एमजीका १८० युनिट, एमएडब्लू ग्रुपले मगाएका ८० भन्दा बढी विद्युतीय सवारी साधन (ईभी), ओमोडाका ६० भन्दा बढी र फोटोनका ५० भन्दा बढी गाडीहरु बगाएको छ । यसबाहेक अन्य विभिन्न कम्पनीले मगाएका गाडीहरु पनि बाढीमा परेका छन् ।
‘अहिलेसम्म ८ सय हाराहारी गाडीहरु बगाएको पाइएको छ, यो यकिन तथ्याङ्क भने होइन,“ भन्सार स्रोतले भन्यो, “झण्डै २ सयवटा त कन्टेनर नै बगाएको खबर छ ।’
रसुवा भन्सारमा ४०० गाडी बगे, कर्मचारी डाँडामा अलपत्र
उता रसुवा भन्सार कार्यालयमा पनि बाढीले ठूलो वितण्डा मच्चाएको छ । भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानाका अनुसार भन्सार यार्डमा चेकजाँचका लागि राखिएका ट्रक तथा अन्य गाडीहरु गरी ३०० देखि ४०० को हाराहारीमा सवारीसाधन बाढीले बगाएको छ । भन्सार क्षेत्रमा चेकजाँचको क्रममा रहेका अन्य सामग्रीहरु पनि बाढीमा बगेका छन् ।
भौतिक क्षतिका साथसाथै बाढीका कारण मानवीय जोखिम पनि बढेको छ । अर्थमन्त्रालयका अनुसार रसुवा भन्सार कार्यालयका ५ जना कर्मचारी अझै सम्पर्कविहीन छन् ।
मन्त्रालयले दिएको जानकारीअनुसार रसुवा भन्सारमा ३६ जनाको स्थायी दरबन्दी रहेकोमा प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना मात्र सम्पर्कमा आएका छन् । त्यस्तै, ४ जना करार र ज्यालादारी कर्मचारी रहेकोमा १ जना मात्र सम्पर्कमा आएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...