नेपाल आयो नयाँ जेनेरेसन स्कोडा कोडियाक, सुरुवाती मूल्य २ करोड २० लाख

काठमाडौं–स्कोडाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू एक्स्पान्ज प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ को अवसर पारेर नयाँ जेनेरेसनको स्कोडा कोडियाक औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

‘रियल लक्जरी, एज इट सुड बी’ भन्ने मूल नाराका साथ नेपाली बजारमा उतारिएको यो सात सिट क्षमताको प्रिमियम एसयूभीले नेपाली अटोमोबाइल क्षेत्रमा युरोपेली लक्जरीको नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको छ ।

नयाँ कोडियाकमा चेक डिजाइन र फक्सवागन ग्रुपको आधुनिक इन्जिनियरिङको उत्कृष्ट समन्वय देख्न सकिन्छ । सवारीसाधनमा यात्रा गर्ने सातै जना यात्रुलाई आरामदायी अनुभव प्रदान गर्न यसमा शरीरको बनावटअनुसार समायोजन हुने एर्गो सिट्स, सडकको अवस्था पहिचान गर्ने म्याट्रिक्स एलइडी हेडलाइट्स र सवारी नियन्त्रणलाई सहज बनाउने अत्याधुनिक स्मार्ट डायल्स समावेश गरिएका छन् ।

नेपाली बजारमा नयाँ जेनेरेसन स्कोडा कोडियाक तीन फरक भेरियन्टहरूमा उपलब्ध गराइएको छ । जसअनुसार लाउन्ज भेरियन्टको मूल्य रु २ करोड १९ लाख ९० हजार राखिएको छ भने स्पोर्टलाइन र सिलेक्सन एल एण्ड के भेरियन्टको मूल्य समान रु २ करोड ३९ लाख ९० हजार निर्धारण गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...