इलेक्ट्रिक सिटी र नाइट बस चलाउने योजनामा आईएमई मोटर्स, परीक्षणका लागि भित्रिए बस
काठमाडौं – प्रतिष्ठित आईएमई ग्रुप अन्तर्गतको आईएमई इलेक्ट्रिकले...
काठमाडौं–अशोक ल्याण्डको नेपालका लागि आधिकारिक विक्रेता आईएमई मोटर्स प्रालिले हेभी-ड्युटी टिपर सेग्मेन्टअन्तर्गत अशोक लेल्याण्ड १९२५ टिपर नेपाली बजारमा सार्वजनिक गरेको छ।
उच्च शक्ति, उच्च टर्क, बलियो संरचना तथा कठिन कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादनलाई केन्द्रमा राखेर निर्माण गरिएको यो मोडल निर्माण सामग्री ढुवानी, क्रसर, खानी तथा अन्य हेभी-ड्युटी प्रयोजनका लागि उपयुक्त हुने अपेक्षा गरिएको छ।
आईएमई मोटर्सका सेल्स हेड प्रविन अधिकारीका अनुसार, अशोक लेल्याण्ड १९२५ टिपर मा एच -सिरिज ६-सिलिन्डर इन्जिनमा आई जेन ६ प्रविधि समावेश गरिएको छ । उक्त इन्जिनले २५० एच पी शक्ति तथा ९०० न्युटन मिटर टर्क उत्पादन गर्छ। यसमा ८.९१ (FGR) एफजीअर सहितको शक्तिशाली गियरबक्स उपलब्ध रहेको छ। यसले भारी लोड तथा चुनौतीपूर्ण सडक र भू-भागमा प्रभावकारी कार्यसम्पादन प्रदान गर्ने अपेक्षा गरिएको छ। बलियो च्यासिस तथा हेभी-ड्युटी एग्रिगेट्सका कारण कठिन कार्यक्षेत्रमा पनि टिकाउपन कायम राख्दै उत्कृष्ट कार्यसम्पादन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको अधिकारीले बताए।
अधिकारीका अनुसार, नेपालमा तीव्र गतिमा भइरहेको पूर्वाधार विकास, निर्माण तथा यातायात गतिविधिसँगै हेभी कमर्सियल भेहिकलको माग पनि निरन्तर बढिरहेको छ। यही आवश्यकतालाई ध्यानमा राख्दै आईएमई मोटर्सले अशोक लेल्याण्डका विभिन्न सेग्मेन्टका ट्रक, बस तथा टिपरहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।
नेपालमा बीएस६ मापदण्ड कार्यान्वयन भएसँगै आईएमई मोटर्सले बीएस६ प्रविधियुक्त अशोक लेल्याण्डका ट्रक, टिप्पर, बस तथा पिकअप बिक्री–वितरण गर्दै आएको छ, जसले नेपाली ग्राहकबीच राम्रो प्रतिक्रिया हासिल गर्दै आएको कम्पनीको भनाइ छ।
बिक्रीपछिको सेवालाई विशेष प्राथमिकता दिँदै आईएमई मोटर्सले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न स्थानमा सुविधासम्पन्न सर्भिस सेन्टर सञ्चालन गर्दै आएको छ। बिर्तामोड, इटहरी, कटारी, बर्दिबास, जीतपुर, हेटौंडा, चितवन, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी, पोखरा तथा काठमाडौं लगायतका स्थानमा उपलब्ध सर्भिस नेटवर्कमार्फत ग्राहकलाई सहज तथा गुणस्तरीय बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।
साथै, ग्राहकको आवश्यकता अनुसार सहज र सुलभ रूपमा स्पेयर पार्ट्स उपलब्ध गराउँदै आएको आईएमई मोटर्सले जनाएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...