अमेरिकी बजारमा प्रवेश गर्न साझेदारी खोज्दै चेरी, क्यानडामा अर्को वर्षदेखी बिक्री थाल्ने तयारी
काठमाडौं–चिनियाँ अटोमोबाइल निर्माता चेरीले अमेरिकी बजारमा प्रवेश गर्ने...
काठमाडौँ–लक्जरी गाडी निर्माता कम्पनी ल्यान्ड रोभरले आफ्नो लोकप्रिय एसयूभी डिस्कभरी स्पोर्टको उत्पादन बन्द गर्ने घोषणा गरेको छ । सन् २०१५ देखि बजारमा उपलब्ध यस मोडलको ११ वर्ष लामो उत्पादन यात्रा आगामी सन् २०२६ को डिसेम्बरमा आधिकारिक रूपमा समाप्त हुने भएको हो ।
घट्दो बिक्री र युरोपेली संघद्वारा लागु गरिएको नयाँ ‘जनरल सेफ्टी रेगुलेसन २’ का कडा सुरक्षा मापदण्डहरू नै यो निर्णयका मुख्य कारण बनेको जनाइएको छ ।
ल्यान्ड रोभरले सन् २०१५ मा डिस्कभरी स्पोर्टलाई ब्रान्डको इन्ट्री–लेभल एसयूभीका रूपमा बजारमा ल्याउँदा यसले उतिवेलाको चर्चित मोडल फ्रिल्यान्डरलाई प्रतिस्थापन गरेको थियो । पछि सन् २०२० मा परिमार्जित प्लेटफर्म र नयाँ भित्री बनावटसहित यसमा पहिलो ठूलो अपडेट ल्याइएको थियो ।
विश्वब्यापी अटो बजारमा विद्युतीय सवारीतर्फको उच्च आकर्षण र नयाँ सुरक्षा मापदण्डका कारण कम्पनीले यो इन्धन मोडललाई बिदा गर्न लागेको चर्चा चुलिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...