फुल चार्जमा ५२६ किलोमिटर रेन्ज र बासको विकल्पसहित भारतमा किया साइरोस ईभी लन्च
कियाले भारतमा आफ्नो दोस्रो इलेक्ट्रिक कार किया साइरोस ईभी १३ लाख ४९ हजार...
काठमाडौं – दिपल निभो क्यु ०५ नेपालमा चाँडै सार्वजनिक हुने भएको छ । सो ईभी चीनमा लगातार तीन महिनादेखि सेग्मेन्ट लिडर बन्न सफल भएको छ । यो वर्षको पहिलो ६ महिनामा ७१ हजार ६०० युनिट बिक्री भइसकेको क्यु०५ संसारकै सबैभन्दा ठूलो तथा प्रतिस्पर्धात्मक ईभी बजारमा सार्वजनिक भएको केही महिनामै आफ्नो सेग्मेन्ट लिडर बन्न सकेको हो ।
प्रकाशित रेकर्डअनुसार क्यु०५ सेग्मेन्ट प्रतिस्पर्धी बीवाईडीसँग प्रो डिएम, जिली सिंगयु र होन्डा सीआरभीलाई पछाडि पारेर नम्बर १ बन्न सफल छ । गएको मार्चमा १२ हजार ६०२ युनिट, अप्रिलमा १५ हजार ८१४ युनिट बिक्री भएको क्यु०५ मेमा १५ हजार ९५४ र जुनमा १८ हजार ९०८ युनिट पुगेको थियो । यो सूचीमा इलेक्ट्रिक ब्याट्री, प्लग इन हाईब्रिड र पेट्रोल कारहरु पनि समावेश गरिएको छ ।
मूल्य र माथिल्ला कार सेग्मेन्टमा भएका फिचरहरु उपलब्ध भएकै कारणले क्यु०५ को लोकप्रियता बढ्दै गएको हो । चिनियाँ ग्राहकले ४०५ किलोमिटर र ५०६ किलोमिटर सीएलटीसी रेन्ज भएको दुई अप्सनमा क्यु०५ खरिद गर्न सक्छन् । साथै सीएटीएल ब्याट्री सेल र थ्रीसी फास्ट चार्जिङ प्रविधिले पनि यो कार रोजाइमा पर्न सहयोग गरेको छ ।
अर्को बलियो पक्ष भनेको स्पेस हो । यसलाई कम्प्याक्ट एसयूभीमा राखिए पनि क्यु०५ को ह्विलबेस २७३५ एमएम छ, जसले यो एसयूभीलाई स्पेसियस र परिवारमैत्री बनाउँछ । साथै डिजिटल ककपिट, इन्टेलिजेन्स कनेक्टिभिटी, सराउन्ड भ्यु टेक्नोलोजी तथा कम्फर्ट फोकस्ड इन्टेरियर अपिलले पनि ग्राहक तानिरहेको छ ।
यसको डिजाइन अटोमोबाइल जगतका चर्चित व्यक्तित्व क्लाउस जाइसोरियोले गरेका हुन् जो बिएमडब्लुका पूर्व हेड अफ डिजाइन हुन् । क्यु०५ प्रोपर्सन, सिग्नेचर लाइट र आधुनिक एसयूभी आकृतिले यसलाई बजारमा उपलब्ध कारभन्दा भिन्न देखाउँछ । भर्खरै यो कारले प्रतिष्ठित गोल्ड ए डिजाइन अवार्ड जितेको थियो ।
क्यु०५ को अन्तर्राष्ट्रिय यात्रा थाइल्यान्डबाट सुरु भइसकेको छ । युरोपमा ई०६ का रुपमा सार्वजनिक हुने यो प्रिमियम एसयूभी चाँडै नै एमएडब्लु वृद्धिले दिपल ब्रान्ड अन्तर्गत नेपालमा पनि सार्वजनिक गर्ने तयारी गर्दैछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...