पहिरोको उच्च जोखिमपछि आज राति १० बजेदेखि नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्गमा सवारी सञ्चालन बन्द
चितवन – निरन्तरको वर्षासँगै पहिरोको जोखिम अत्यधिक बढेपछि स्थानीय...
काठमाडौँ — देशका विभिन्न भू–भागमा जारी अविरल वर्षासँगै बाढी तथा पहिरोको जोखिम उच्च बनेपछि काठमाडौँ उपत्यका जोड्ने प्रमुख राजमार्गहरूमा यात्रा कडाइ गरिएको छ ।
सुरक्षा जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरीले बीपी राजमार्ग र कान्ति लोकपथमा रातिको समयमा सवारीसाधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बाढीको सम्भावित जोखिम रहेकाले अर्को सूचना जारी नभएसम्म बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै किसिमका सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।
त्यसैगरी मकवानपुरस्थित कान्ति लोकपथ खण्डमा पनि जोखिम कायमै रहेकाले अर्को व्यवस्था नभएसम्मका लागि बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको प्रहरीले जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...