विश्वकै अग्रणी अटोमोबाइल निर्मातामध्ये एक ‘बीएआईसी’को प्रेरणादायी यात्रा, नेपालमा बिक्री सुरु हुँदै
काठमाडौँ–विश्वकै ठूला र प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनीहरूमध्ये एक...
काठमाडौं - चिनियाँ राष्ट्रपति चढ्ने कार ब्रान्ड नेपाल आएको छ। चीनमा ‘उच्च सम्मान र मायालु’ कार ब्रान्डका रुपमा स्थापित भएको उक्त ब्रान्ड नेपाल आएको हो। नेपाली बजारमा विद्युतीय सवारीको माग तथा बिक्री उल्लेख्य रुपमा बढ्दै गएसँगै नयाँ ब्रान्ड आउने क्रममा अर्को उत्कृष्ट ब्रान्ड आएको हो। चिनियाँ भाषामा हङसीको शाब्दिक अर्थ रातो झण्डा भन्ने हुन्छ। चिनियाँ राष्ट्रपतिले चढ्ने कार ब्रान्ड हङसी ब्रान्डका विद्युतीय एसयूभी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा औपचारिक रुपमा आउने र प्रदर्शनीमा राखिने छ।
चिनियाँ सवारी उत्पादक कम्पनी एफएडब्लू ग्रुपअन्तर्गतको लक्जरी कार ब्रान्ड हङसी एडभान्स्ड अटोमोबाइल प्रालिले नेपाल ल्याएको हो। सरकारी स्वामित्वमा रहेको एफएडब्लू ग्रुपले ठूला कमर्सियल सवारी उत्पादन गर्दै आएको छ भने हङसी ब्रान्डमार्फत प्रिमियम कार उत्पादन हुँदै आएको छ। एडभान्स्ड अटोमोबाइलले केही समयअघि हङसी ब्रान्डसँग आधिकारिक बिक्रेताको सम्झौता गरेको थियो। सम्झौतासँगै एडभान्स्ड अटोमोबाइलले नाइमामा राख्नका लागि हङसीका विद्युतीय कार आयात प्रक्रियासमेत सुरु गरिसकेको छ।
एडभान्स्ड अटोमोबाइलले हङसीका विद्युतीय एसयूभी नेपाली बजारमा ल्याउने छ। हङसीले आईसी इन्जिन, हाइब्रिड र बीईभीगरी तीनवटै पावर ट्रेनका कार उत्पादन गर्दै आएको छ। एडमान्स्ड अटोमोबाइलले यसअघि फ्रेन्च ब्रान्ड रेनोका सवारी भित्र्याएर बिक्री गर्दै आएको छ।
कम्पनीले सुरुवाती चरणमा हङसी ब्रान्डका एक वा दुई मोडलका विद्युतीय कार ल्याउने तयारी गरेको छ। हङसीको विद्युतीय एसयूभीमा कुन क्षमताको ब्याट्री र मोटरमा आउने भन्ने कुरा खुलेको छैन। नेपाल आउने हङसीको विद्युतीय एसयूभीको मूल्य भने ६० देखि ६५ लाख रुपैयाँबाट सुरु हुने अनुमान गरिएको छ।
हङसी ब्रान्डअन्तर्गत ४ वटा विद्युतीय सवारी मोडल उपलब्ध रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ। जसअनुसार ई एचएस ९ एसयूभी, ई क्यूएम ५ र ईएच७ सेडान तथा ई एचएस ७ एसयूभी रहेको छ। यी मध्य सुरुमा ई एचएस ९ र ई एचएस ४ मोडल नेपाल आउने भएका छन्।
कुनै समय केवल चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेता र विदेशी राष्ट्रप्रमुखको स्वागतमा मात्र सिमित रहने हङसी कार आज विश्वकै तीव्र गतिमा विस्तारित लक्जरी र इलेक्ट्रिक सवारी ब्रान्डमध्ये एक बनेको छ। चिनियाँ भाषामा रातो झण्डा अर्थ लाग्ने यो ब्रान्डले आफ्नो ६ दशक लामो इतिहासमा राजनीतिक शक्तिको प्रतीकदेखि व्यावसायिक बजारको नेतृत्वसम्मको यात्रा तय गरेको छ।
हङसीको स्थापना १ अगस्ट १९५८ मा चीनको पहिलो अटोमोबाइल उत्पादक कम्पनी (एफएडब्लू)द्वारा भएको हो। यसलाई चीनको सबैभन्दा पुरानो कार ब्रान्ड मध्यको एक मानिन्छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...