यस्तो छ बुलेटभन्दा महँगो यामाहा एरोक्स–ई र टीभीएस एक्सको विशेषता
यामाहा र टीभीएसले आफ्ना प्रिमियम इलेक्ट्रिक स्कुटर एरोक्स–ई र टीभीएस...
काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन ई.मास ५ को बुकिङ खुला गरेको छ भने आधिकारिक रूपमा सार्वजनिक हुनु अगावै ‘गेस एन्ड बुक द अल न्यु ई.मास ५ एट योर प्राइस’नामक विशेष योजना सुरू गरेको छ ।
कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले नयाँ प्रोटोन ई.मास ५ को आधिकारिक बजार मूल्य अनुमान गरी सोही मूल्यमा गाडी खरिद गर्न सक्ने मौका पाउनेछन् । कम्पनीले तोकेकै लन्च मूल्य वा लन्च मूल्यसँग सबैभन्दा नजिकको मूल्य अनुमान गर्ने ग्राहकहरूले आफुले अनुमान गरेकै मूल्यमा सो गाडी किन्न सक्नेछन् ।
यस योजनामा सहभागी हुन इच्छुकहरूले कम्पनीले जारी गरेको साइटमा गएर आफ्नो रोजाइको भेरियन्ट छनोट गरी ‘प्राइस स्लाइडर’ मार्फत आफ्नो अनुमानित मूल्य लक गरी पठाउन सक्नेछन् । मूल्य अनुमानका लागि ‘ई.मास ५ प्राइम’ भेरियन्टको दायरा रू. २९.९९ लाख देखि रू. ३४.९९ लाख सम्म तोकिएको छ भने ‘प्रिमियम’ भेरियन्टको दायरा रू. ३४.९९ लाख देखि रू. ३९.९९ लाख सम्म निर्धारण गरिएको छ ।
कम्पनीले उल्लेख गरे अनुसार, यस योजनामा नियमपुर्वक सहभागी भएकाहरूमध्येबाट ‘लक्की ड्र’ मार्फत प्रत्येक भेरियन्टबाट ५ जना भाग्यशाली विजेताहरू चयन गरिनेछ । विजेताहरूले यस योजनाका सर्त तथा नियमहरूको अधीनमा रही आफूले अनुमान गरेकै मूल्यमा प्रोटोन ई.मास ५ खरिद गर्न पाउनेछन् ।
यसैबीच जगदम्बा मोटर्सले रू. १ लाख बुकिङ रकम तोकेर प्रोटोन ई.मास ५ को बुकिङ समेत खुला गरेको छ । ग्राहकहरूले बैंक अथवा अनलाइन मार्फत भुक्तानी गरी, भुक्तानीको डकुमेन्ट सेल्स कन्सलटेन्टलाई बुझाई आफ्नो बुकिङ प्रक्रिया पूरा गर्न सक्ने कम्पनीले जनाएको छ अथवा सोही साइटमा गएर भौचर अप्लोड गरि बुक गर्न सक्ने छन्। सो साइटमा गएर बुकिङ गरेका ग्राहकको बुकिङलाई आधार मानेर लक्की ग्राहक छानिने छन्।
प्रोटोन र जिलीको सहकार्यमा विकास र उत्पादन गरिएको यो गाडीले हालसालै मलेसियाको ‘अलायान्ज डिएसएफ भेइकल अफ द इयर अवार्ड्स’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इयर २०२६’ को उपाधि हासिल गरेको थियो ।
कम्पनीका अनुसार ई.मास ५ नेपालमा यसको सेगमेन्टमै पहिलो ‘रियर-ह्विल-ड्राइभ’भएको इलेक्ट्रिक कम्प्याक्ट एसयुभी हुनेछ । यसमा प्रिमियम इलेक्ट्रिक ड्राइभिङ अनुभव प्रदान गर्न पाँचवटा प्रमुख विशेषताहरू समावेश रहने कम्पनीले उल्लेख गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...